चितवन, प्रहरी प्रधान कार्यालय नक्सालले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक बसन्त कुँवरले एसपीहरुको सरुवा/काज गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई लागुऔषध नियन्त्रण व्युरो, अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौँमा सरुवा गरिएको छ ।
चितवन प्रहरी प्रमुखमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, शान्ति सुरक्षा महाशाखामा कार्यरत भावेष रिमाललाई पठाइएको छ। रिमाल यसअघि ईलाका प्रहरी कार्यालय रत्ननगरमा डिएसपीको रूपमा समेत काम गरि सकेका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस