निरुता विक
चितवन, मंसिर २०–
मानव बेचबिखन तथा लैङ्गिक हिंसाका विषयमा पत्रकार महिलाले कलम चलाउँन छाडेको पत्रकारहरुले गुनासो गरेका छन् ।
हिंसाका घटनामा राजनीतिक दलहरुले घटनाको ढाकछोप गरेर पत्रकार महिलाहरुले उठाएको विषयलाई जस नदिने प्रवृत्तिले गर्दा कमल चलाउन छाडेको उनीहरुले बताएका छन् ।
भरतपुरमा आज माइती नेपाल, हाम्रो भरोसा नेपाल चितवन र सक्रिय महिला प्रतिष्ठानले संयुक्तरुपमा गरेको ‘मानवबेचबिखन तथा लैङ्गिक हिंसा नियन्त्रणमा पत्रकारहरुको भूमिका तथा महिला पत्रकारहरुसँग अन्तरक्रिया’ कार्यक्रममा पत्रकार महिलाहरुले यस्तो बताएका हुन् ।
यस्तै पत्रकार महासंघको केन्द्रीय सचिव सिर्जना अर्यालले हिंसाको विषयमा आवाज उठाउँनै छाडेको सुनाइन् । महिलाले एक्लै केही गर्न नसकिने हुँदा आफूले हिंसाको विषयमा आवाज उठाउन छाडेको गुनासो गरिन् । उनले भनिन्, ‘लैङ्गिक हिंसा अन्त्यका लागि पुरुषको पनि सहभागिता आवश्यक छ । महिलाले मात्र आवाज उठाएर हुँदैन ।’ उनले पछिल्लो समय यता हरेक मानव बेचखिन तथा लैङ्गिक हिंसा विषयका कार्यक्रममा महिलाको मात्र सहभागिता रहेको बताइन् । मानव बेचखिन तथा लैङ्गिक हिंसा सम्बन्धित विषयका कार्यक्रममा पुरुषको पनि उतिकै सहभागिता हुनुपर्ने उनले सुझाव दिइन् ।
पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिकी सदस्य तथा पत्रकार शान्ता अधिकारीले पछिल्लो समययता हिंसाका विषयमा बोल्ने किन बोल्ने भनेर सोच्नुपर्ने अवस्था सिर्जना भएको बताइन् । उनले हिंसात्मक घटना दिनप्रतिदिन बढ्दै गएको बताइन् । उनले भनिन्,‘हिंसात्मक घटना अझ बिकराल बन्दै गएको छ । समाजमा पीडित पुनरस्थापना हुन सक्ने अवस्था छैन । यस्ता घटनको विषयमा कलम चलाउन सोच्नुपर्ने अवस्था छ ।’
यस्तै अर्की पत्रकार शान्ता अधिकारीले बेचबिखन तथा लैँङ्गिक हिँसाका विषयमा कलम चलाउँदा, आवाज उठाउँदा पछि आफूले माफी माग्नु पर्ने अवस्था रहेको गुनासो गरिन्् । उनले भनिन्, ‘हिंसाको विषयमा सत्य तथ्य बुझेर समाचार तयार पा¥यो । राजनीतिक दलहरुले घटनाको ढाक छोप गर्छन् । पीडितले न्याय पाउँदैन । पछि आफैँ गएर माफी माग्नु पर्छ ।’ उनले एउटा व्यतिmले मात्र आवाज उठाएर केही गर्न नसकिने गुनासो गरिन् ।
माइती नेपालका जिल्ला संयोजक ईश्वर गिरीले मानव बेचबिखन तथा लैँङ्गिक हिंसाका अन्त्यका लागि माइती नेपालले मात्र केही गर्न नसकिने बताए । उनले चितवनमा मानव बेचबिखनसम्बन्धी काम गर्ने ७ वटा संस्था रहेको जानकारी दिए । माइती नेपालले ७ वटा संस्थासँग समन्वय गरी मानव बेचखिन तथा लैंङ्गिक हिंसाका विरुद्धमा काम गर्र्दै आएको सुनाए ।
सक्रिय महिला प्रतिष्ठानकी अध्यक्ष सिन्धु ढकालले विषयवस्तुको उठानसँगै चितवनमा भएका मानव बेचखिन तथा लैंङ्गिक हिंसाको बारेमा जानकारी दिइन् । उनले मानव बेचखिनको बदलिदो स्वरुपको बारेमा समेत प्रष्ट पारेकी थिइन् । उनले लैङ्गिक सवालमा पत्रकार महिलाहरु र सामाजिक संघसंस्थाले सहकार्य गरेर अगाडि बढ्न सुझाव दिइन् ।
जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले जिल्लामा यस आर्थिक वर्ष २०८०\८१ को हालसम्ममा मानव बेचबिखनका घटनामा जाहेरी दिन आउनेको संख्या शून्य रहेको बताइन् । उनले बेचबिखन भएर पनि पीडितका परिवारले जाहेरी दिन नआएको कारण जाहेरी दिनेको संख्या शून्य रहेको सुनाइन् । उनले भनिन्, ‘मानव बेचबिखनका घटना धेरै नै भइरहेको छ । जाहेरी दिन नआएको भएर दर्ता नभएको हो ।’उनले समाजमा पुर्नस्थापना हुन नसकेको कारण जाहेरी दिनेको संख्या शून्य रहेको बताइन् । उनले गरिबी, अशिक्षाका कारण पनि बेचबिखन तथा यौन व्यवसायमा महिला लागेको सुनाइन् ।
उनका अनुसार आर्थिक वर्ष २०७९\८० मा नेपालमा मानव बेचबिखनका १५० वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा १३६ वटा मुद्दा दर्ता भएका छन् भने आर्थिक वर्ष २०७७\७८ मा १२२ वटा मुद्धा दर्ता भएका छन् ।
यस्तै चितवन जिल्लामा आर्थिक वर्ष२०७९\८० मा ७ वटा मानव बेचबिखनका मुद्दा दर्ता भएको छ भने ८ जना पक्राउ परेका छन् । आर्थिक वर्ष २०७८\७९ मा ३ वटा मुद्दा दर्ता भएका छन् भने ५जना पक्राउ परेका छन् । आर्थिक वर्ष २०७७\७८ मा ४ वटा मुद्दा दर्ता भएका छन् भने ६ जना पक्राउ परेका छन् । यस आर्थिक वर्षको चार महिनामा भने मानव बेचविखनको कुनै पनि मुद्दा दर्ता भएको छैन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस