रूस-युक्रेन युद्ध शुरू भएपछि नेपाली युवालाई प्रलोभनमा पारेर रूसी सेनामा पठाएको आरोपमा नेपाल प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।
प्रहरीले दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनीष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए।
रूसी सेनामा भर्ती भएका गोरखाका सन्दीप थपलिया, वाणगंगा–१ कपिलवस्तुका रूपक कार्की, पोखराका देवान राई, पुतलीबजार–५ स्याङ्जाका पितम कार्की, मेलुङ–६ दोलखाका राजकुमार रोका, इलाम–५ इलामका गंगाराज मोक्तानको ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रूस–युक्रेन युद्धमा विवेक खत्री बन्धक बनेका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस