
प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताको बागमती छनोटका लागि काठमाडौं जिल्ला क्रिकेट संघले खेलाडी विदाइ गरेको छ।
काठमाडौंका अध्यक्ष तथा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य दिवाकर घलले टिमको विदाइ गरेका हुन्।
छनोट प्रतियोगिता चितवनको गौतम बुद्ध रंगशालामा हुनेछ भने प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुर र चितवनले भाग लिनेछन्। छनोट प्रतियोगितापछि बागमतीको टिम छनोट गर्दै बागमतीबा दुई टिमबीच बागमती प्रदेश महिला एलिट ट्रफी आयोजना हुनेछ।
आगामी पुस १ देखि सुरु हुने महिला राष्ट्रिय प्रधानमन्त्री कपअघि बागमतीले छनोटसहित ट्रफी आयोजना गर्न लागेको हो।
काठमाडौं टिम
अस्मिना कर्माचार्य (कप्तान), खुसी डंगोल, कन्चन श्रेष्ठ, अस्मिता खरेल, कृश्मा गुरुङ, विपिशा शाही, संस्कृति फुयाँल, यशोदा विष्ट, अनिता मिजार, आदित्य पौडेल, आयुस्मा घिमिरे, प्रकृति पोखरेल, सविता भण्डारी, एलि यादव।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस