नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा दोलखाको भीमेश्वर नगरपालिकासँगको समन्वयमा अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता हुने भएको छ ।
नोभेम्बर २७ देखि २९ सम्म ‘हिमालयन एनिग्मा–द ट्रेल अफ द गड्स’को आयोजना गरिएको बोर्डले जनाएको छ ।
काठमाडौंबाट करिब १३५ किलोमिटर दुरीको मध्य नेपालको दोलखामा हुने उक्त दौड कार्यक्रममा अभ्यास दिवस, सीडिङ रन र रेस डे समावेश गरिने बोर्डमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले दोलखा माउन्टेन बाइकिङका लागि अर्को गन्तव्य बन्ने बताए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले कार्यक्रमले दोलखालाई मात्रै नभई नेपाललाई टप माउन्टेन बाइकिङ गन्तव्यका रूपमा चिनाउने बताए । प्रतियोगिताले दोलखालाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा थप परिचित बनाउने उनको भनाइ थियो ।
यस्तै, बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले दोलखाले सांस्कृतिक, प्राकृतिक र आध्यात्मिक अनुभवहरूको पूर्ण प्याकेज प्रदान गरेको बताउँदै कार्यक्रमले दोलखालाई साहसिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने बताए ।
प्रतियोगितामा पहिलो क्याटोगोरीमा एलिट समूह, दोस्रोमा खुला वर्ग, तेस्रोमा मध्यम तथा चौथो स्तरमा रमाइलो वर्ग गरी समूहमा वर्गीकरण गरिएको छ ।
लोकान्तर संवाददाता
लोकान्तर संवाददाता
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस