काठमाडौँ – वनस्पति विभागले खेर जाने सयपत्री फूलबाट ‘ल्युटिन’ र सौन्दर्य सामग्री बनाउन निशुल्क तालिम दिने भएको छ ।
विभागले सूचना जारी गरेर सयपत्री फूलमा पाइने ल्युटिन निकाल्ने, शुद्धीकरण गर्ने र सौन्दर्य सामग्री बनाउन अध्ययन अनुसन्धान गर्ने भएकाले इच्छुकलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘ल्युटिन निकाल्ने र सौन्दर्य सामग्री बनाउने सम्बन्धी निशुल्क तालिम दिन सकिने भएकाले काम गर्न इच्छुक संघ संस्था, कम्पनी तथा व्यवसायिक समूहलाई अनुसन्धानशालामा सम्पर्क गर्न अनुरोध छ ।’
‘सयपत्री फूल बहुपयोगी भएकाले यसलाई पूजा एंव सजावटका लागि प्रयोग मात्र नभइ फूल र पातलाई सुगन्धित तेल र धुप बनाउन सकिन्छ । यसमा भएको महत्त्वपूर्ण रासायनिक पदार्थ ल्युटिनको एन्टिअक्सिडेन्ट गुण भएकाले सोलाई निकाली सौन्दर्य र खाद्य सामग्री बनाउन सकिन्छ,’सूचनामा भनिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस