एजेन्सी । खराब जीवनशैली र जंक फूड खानाले पनि रक्तचापसँग जोडिएका समस्या आउन सक्छ । यदि उच्च रक्तचापको समस्या छ भने बिहान उठेर केही काम गर्नुहोस् जसले नियन्त्रणमा सहयोग गर्नेछ ।
मनतातो पानी पिउने
दिनको सुरुआत मनतातो पानीबाट गर्नुहोस् । एक गिलास मनतातो पानी पिउँदा शरीर हाइड्रेट रहन्छ । जसले रगतको चापलाई पनि नियन्त्रित गर्छ ।
तपाईं एक गिलास पानीमा कागतीको रस पनि मिसाएर पिउन सक्नुहुन्छ ।
व्यायाम गर्ने
व्यायाम गर्नु स्वास्थ्यका लागि एकदमै फाइदाजनक काम हो । त्यसैले रक्तचाप नियन्त्रणका लागि पनि नियमित रुपमा व्यायाम गर्नु एकदमै आवस्यक छ ।
नास्ता खाने
बिहानको नास्ता नगर्नु पनि रक्तचापको समस्या भएकाका लागि राम्रो हुँदैन । बिहान नास्ता नगर्ने व्यक्तिलाई रक्तचाप सम्बन्धी समस्या पनि देखिन्छ ।
त्यसैले बिहान सधैं स्वस्थ र चिल्लो रहित नास्ता गर्नुहोस् ।
स्वस्थ खाना
खाना स्वस्थ हुन जरुरी हुन्छ । विशेषगरी बिहान एकदमै स्वस्थ तथा पोषक तत्वले भरपूर खाना हुन जरुरी हुन्छ । यसका लागि हरियो तरकारी, फलफूल, तथा टुसा उमारेका गेडागुडीको सेवन गर्न सकिन्छ ।
छिटो उठ्ने
रक्तचाप नियन्त्रित राख्नका लागि बिहान छिटो उठ्नु पर्दछ । यसका लागि तपार्ईं एउटा समयतालिका बनाएर त्यसलाई अपनाउन सक्नुहुन्छ । बिहान ढिला उठ्दा पनि शरीरलाई कयौं नोक्सान हुन्छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस