काठमाडौं– चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ। सेमिफाइनलका लागि भएको लक्की ड्रमा नेपालको प्रतिस्पर्धी भारत परेको हो।
क्वाटरफाइनलका अन्य खेलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाबीच प्रतिस्पर्धा हुने भएको छ।
अफगानिस्तान, नेपाल, हङकङ र मलेसिया समूह चरणबाट क्वाटरफाइनलमा पुगेका हुन्। अफगानिस्तान भने नखेली गएको हो भने भारत, श्रीलंका, बंगलादेश र श्रीलंकाले सोझै क्वाटरफाइलनमा स्थान पाएका थिए।
नेपालले समूह चरणमा माल्दिभ्सलाई १३८ र मंगोलियालाई २७३ रनले हराएको थियो। नेपाल र भारतबीचको खेल मंगलबार हुनेछ। नेपाल र भारतबीचको खेल मंगलबार बिहान ६:४५ मा हुनेछ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस