चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १२ आस्था चोकस्थित चितवन कलेज अफ टेक्नोलोजी(सिसिटी)मा पहिलो पटक जब फेयर सम्पन्न भएको छ ।
आज कलेज परिषरमा विद्यार्थीको उत्साहजनक सहभागिता सहित सो जब फेयर सम्पन्न भएको हो । कलेजमा जबको लागि करीब दुईसय जनाले आवेदन दिएको कलेजले जनाएको छ ।
कलेजका प्रिन्सिपल रवि आचार्यले कलेजमा सूचना प्रविधि अध्ययन गरेका विद्यार्थीलाई पढ्दै कमाउंँदै गर्ने अवसर दिन उक्त जब फेयरको आयोजना गरिएको जानकारी दिए । ‘विद्यार्थीले स्वदेशमै पढेर स्वदेशमै आकर्षक जागिर पाउन भन्ने हाम्रो उद्धेश्य हो, तिवारीले भने, जसले गर्दा दक्ष जनशक्ति बाहिर नजाउन र यहांँका कम्पनीले पनि दक्ष जनशक्तिको लागि बाहिर खोज्न नपरोस ।’
जब फेयरमा १५ वटा आईटी कम्पनीको स्टलले आवेदन माग गरेका थिए ।
मेलामा टेकमाईन्ड नेटवर्क प्रा.लि , भायानेट, डायनामिक टेक्नोसफ्ट ,एस्ट्रानिक्स, हर्टसन , बिहानिटेक,आस्ट्रीक,देवसाईन,ड्रीमटेक नेपाल प्रा.लि लगायतका कम्पनीले जबको लागि आवेदन माग गरेका हुन् ।
मेला अवधिभर कम्पनीले ’अन द स्पोट जब‘ दिनका लागि अन्र्तवार्ता र अनुभवी कागज लिएर जागिरको लागी छनौट गर्ने प्राचार्य तिवारीले बताए ।
मेलामा कलेजका बिसिए, बिआईम र बिएससिसिएसआईटी पढ्दै गरेका र पढाई सकेर बसेका विद्यार्थीलाई लक्षित गरिएको हो ।
विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षाहरुका साथै जबका लागि बाटो खोल्न पनि जब फेयर उपलब्धि मुलक रहेको उनको भनाई छ । कलेजले हरेक वर्ष जब फेयर लाई निरन्तरता दिने समेत बताएको छ ।
जब फेयरमा रोजगार दिने कम्पनीहरुले सफ्टवेयर निर्माण , डिजाईन, वेफसाईट डेभलभमेन्ट, फ्रन्ट अफिसर, मोबाई एप डिभलपमेन्ट लगायतका जबहरु माग गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालयमा सम्बन्धन प्राप्त सो कलेजमा हाल बिसिए, बिआईम र बिएससि सिएसआईटीका कक्षाहरु सञ्चालन भईरहेको छ ।
सिसिटीले विद्यार्थीहरुका लागि व्यवहारिक र प्रयोगात्मक ज्ञानलाई विशेष प्राथमिकता दिएका कारण पनि यस कलेजको लोकप्रियता बढ्दै गईरहेको छ।
कुनै पनि विधामा १२ कक्षा पास भएका विद्यार्थीले यी शिक्षा अध्ययन गर्नका लागि अवसर पाउने छन् । उत्कृष्ट विधार्थीको लागि यस कलेजले योग्यताका आधारमा शत प्रतिशत सम्म छात्रवृति दिने समेत व्यवस्था गरेकोे छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस