यांगुन, १७ साउन । म्यानमारमा सन् २०२१ मा भएको सैनिक विद्रोहपछि जेलमा परेकी नेतृ आङ सान सुकीलाई माफी दिइएको छ ।
म्यानमारकी पूर्व नेतृ आङ सान सुकीलाई १९ अपराधमध्ये ५ माफी दिइएको छ, जसका लागि उनलाई दोषी ठहर गरी ३३ वर्षको जेल सजाय दिइएको छ ।
म्यानमारको सेनाले देशका निर्वाचित नेतृ आङ सान सुकी र अन्य वरिष्ठ नेताहरूलाई पक्राउ गरी जेलमा राखेको थियो। ७८ वर्षीया सुकीलाई विभिन्न मुद्दामा ३३ वर्षको जेल सजाय सुनाइएको थियो ।
फेब्रुअरी १, २०२१ मा, सेनाले एक वर्षको लागि देशमा कूको कार्यान्वयन गरेको थियो। पछि यो आपतकाल लम्बियो र यो आपतकाल चौथो पटक फेरि ६ महिना थपिएको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस