चितवन, असार १० : भरतपुर महानगरपालिकाले दरबन्दी थपेर नगर प्रहरीको संख्या बढाउने भएको छ ।
आईतबार १३औं नगरसभामा महानगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन पेश गर्दै प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले नगर प्रहरी थप गर्न लागिएको जनकारी दिएका हुन् । उनले नगरसभामा साविकको कर्मचारी दरबन्दीमा सामान्य परिमार्जन गरी अस्थायी कर्मचारी दरबन्दीतर्फ नगर प्रहरी नायव उपरीक्षक (डिएसपी) पद थप गर्नुको साथै नगर प्रहरीको संख्या थप गर्न प्रस्ताव पेश गरेका हुन् ।
हाल भरतपुरमा प्रहरी निरीक्षकको कमाण्डमा ४५ जना नगर प्रहरी छन् । भरतपुरको जनसंख्या वृद्धि हुनुको साथै नगर प्रहरीको आवश्यकता थप देखिएकोले डिएसी पद थप गरेर नगर प्रहरीको संख्या बढाउन लागिएको नगर उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए । उनका अनुसार ४९ जना दरबन्दीमा हाल ४५ जना नगर प्रहरी रहेकोमा अब ७५ जना पुर्याईने छ ।
उपप्रमुख अधिकारीले नगर प्रहरीलाई वारुण यन्त्रको समेत जिम्मेवारी दिइने छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस