राष्ट्रिय स्वतन्त्र पार्टीका सभापनि रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु) को उपचार क्रममा मृत्यु भएको छ।
वैशाख ४ गते लामिछाने उपचारका क्रममा चितवन गएका बेला घरको छतबाट खसेर उनी गम्भीर घाइते भएका थिए।
चितवनको पुरानो मेडिकल कलेजमा टाउकाको शल्यक्रियापछि थप उपचारका लागि गत वैशाख ५ गते उनलाई मेडिसिटी ल्याइएको थियो।
मंगलबार दिउँसो २ बजेको समयमा उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। @ उकेरा
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस