काठमाडौँ, सरकारले विद्यालय तहभन्दा माथिल्लो तहमा अध्ययनका लागि विदेश जान ‘नो अब्जेक्सन लेटर’ दिने भएको छ।
शिक्षा मन्त्रालयले चैत १८ गतेदेखि लागू भए पनि हालसालै सार्वजनिक गरेको ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९’ले विद्यालय तहको अध्ययन पूरा गरेका विद्यार्थीले विदेश अध्ययनको अनुमति दिने व्यवस्था गरेको छ।
स्नातक तहभन्दा माथिल्लो तहको अध्ययनका लागि मात्रै ‘नो अब्जेक्सन लेटर’ दिने चर्चा भइरहेका बेला सरकारले निर्देशिका मार्फत् कक्षा १२ पछि अध्ययनका लागि विदेश जान पाउने व्यवस्था गरेको हो।
निर्देशिकामा भनिएको छ, ‘कक्षा बाह्र वा सो सरह उत्तीर्ण गरी विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययनको लागि जान चाहने विद्यार्थीलाई यस निर्देशिकाको व्यवस्था र प्रक्रिया पूरा गरी निर्देशिका जारी हुनु अघि स्वीकृति प्रदान गरिएका कार्यक्रम लागि स्वीकृत प्रदान गर्न बाधा पर्ने छैन।’
लेटर लिनुअघि पूरा गर्नुपर्ने शर्त निर्देशिकाले व्यवस्था गरेको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस