चीन सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको ४० लाख डोज खोप प्रयोगमै नआई म्याद सकिएर खेर जाने देखिएको छ।
चीनले दिएको सिनोभ्याक खोप २०७८ चैत १२ र १४ मा गरी ४० लाख डोज नेपाल ल्याइएको थियो। खोपको ‘एक्सपायरी डेट’ दुई वर्ष रहेको छ। तर खोप ल्याएको एक वर्ष पुरा भइसक्दा पनि एक डोज पनि प्रयोगमा आएको छैन।
विश्व स्वास्थ्य संगठनले सिनोभ्याकलाई पहिलो र दोस्रो मात्राका लागि मात्र प्रयोग गर्न मिल्ने तर बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने भनेको छ।
६ कात्तिकमा बसेको खोप सल्लाकार समितिको बैठकले विश्व स्वास्थ्य संगठनको नीति अनुरुप बुस्टर डोजका रुपमा नलगाउने निर्णय गरेको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महाशाखाको छलफलमा पहिलो र दोस्रो मात्र खोप लगाउन बाँकी रहेका देशमा ४० लाख खोप पठाउन समितिले सिफारिस गरेको प्रमुख चौरासियाले जानकारी दिए।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस