चितवन : रवि लामिछानेले आफूलाई मत दिने तथा विपक्षी दलका उम्मेदवारलाई मत दिने सबै मतदाता, चितवन २ का नागरिक र चितवनबासी सबै नागरिकलाई धन्यवाद दिएका छन् । आफूलाई ५४ हजार १७३ मत र ४२ हजार ९६३ मतान्तरका साथ विजयी भएका उनले प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र ग्रहण गरेपछि धन्यवाद सभामा उनले यस्तो बताएका हुन् । उनले आफू निर्वाचित भएको १०० दिनभित्र जुगेडी खोलाको पिउने पानी चितवनमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
लामिछानेले कीर्तिमानी जित निकालेसँगै निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र पनि बुझिसकेका छन्। उनले प्रमाणपत्र बुझेपछि भरतपुरमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै अबको पाँच वर्षमा रास्वपालाई ठूलो पार्टी बनाउने घोषणा गरे। उनले अबको पाँच वर्षमा आफ्नै नेतृत्वको सरकार पनि बनाउने प्रतिवद्धता जनाएका छन्। अबको पाँच वर्षमा ठूलो पार्टी बनेर आफ्नै नेतृत्को सरकार बनाउछौँ,उनले भने, नेतृत्व सक्षम भएन हटाएर घण्टी बजाउनेछौँ। तपाईंहरु पनि आँट गरेर अघि बढ्नुस्, हामी घण्टी बजाउँदै अघि बढौँला।
अचानक सांसद गएपछि फेरि जिताएर चितवनबासीले आफूलाई अमूल्य गुण लगाएको पनि बताए। हामी परिवर्तनका लागि हिँडिरहेका छौँ। तपाईंहरुले लगाएको। गुण इतिहासले बिर्सिने छैन,उनले भने, मंसिरमा पनि जिताउनु भयो अहिले झनै बलियो मत पाएको छु। मैले गर्दा तपाईंहरुलाई केही दुख भएको छ त्यसमा माफी माग्छु।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस