चितवन क्षेत्र नं.३ का लागि राप्रपाबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विक्रम पाण्डेले किसानलाई समयभन्दा पहिले नै मल र बीउ उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । चुनावी घरदैलोका क्रममा भरतपुर–१६ स्थित चिरञ्जीवी चोकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता पाण्डेले चितवनका किसानका लागि गुणस्तरीय मल र बीउ आवश्यकमात्रामा उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।
‘किसानलाई समयअगावै मल र बीउको उपलब्धता गराउनु नै मेरो प्रमुख विषय हो,’ पूर्वमन्त्रीसमेत रहेका नेता पाण्डेले भने, ‘किनकि अहिलेसम्म जति मन्त्री आए पनि किसानको पक्षमा कोही देखिएनन् ।’ त्यसैले यसपटकको निर्वाचन किसानले जित्नुपर्ने उनले बताए । ‘त्यो जित मेरो होइन, त्यो जित जनता र किसानको हुनेछ,’ उनले दाबी गरे ।
अहिलेसम्म किसानले समयमै मल बीउ नपाउने र पाए पनि गुणस्तरहीन मल र बीउका कारण किसान सधैँ समस्यामा परेकोसमेत उनले बताए । गुणस्तरहीन बीउ गुणस्तरहीन मलका कारण उत्पादनमा ह्रास आउनुका साथै जमिनमा अम्लियपन बढेर उत्पादन नै नहुने समस्या बढ्दै गएको उनको भनाइ छ । अहिलेसम्म किसानले समयमै मल बीउ नपाउने र पाए पनि गुणस्तरहीन मल र बीउका कारण किसान सधैँ समस्यामा परेकोसमेत उनले बताए । गुणस्तरहीन बीउ गुणस्तरहीन मलका कारण उत्पादनमा ह्रास आउनुका साथै जमिनमा अम्लियपन बढेर उत्पादन नै नहुने समस्या बढ्दै गएको उनको भनाइ छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस