२०७९ कार्तिक २९, मंगलबार मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
हेल्लो चितवन अन्लाईन् (१ साल अघि)
नवलपरासी । पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका उद्योगपति एवम् नेपाली काँग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीका लागि प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोट मागेका छन्।
मंगलबार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको चौपत्तामा आयोजित चुनावी सभालाई सम्बोद्धन गर्दै दुवै नेतृत्वले चौधरीको पक्षमा भोट मागेका हुन्। यहाँ चौधरीको प्रतिद्वन्दीको रुपमा नेकपा एमालेको समर्थनमा जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयष त्रिपाठी चुनावी मैदानमा छन्। चुनावी सभामा काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एक साथ हेलिकोप्टरबाट आएका थिए।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले संविधान बचाउनका लागि अहिलेको पांच दलीय गठबन्धन बनेको बताए। प्रधानमन्त्री देउवाले अहिलेको समावेशी सहितको संविधानका कारण नै महिलाहरुको ३३ प्रतिशत आरक्षण सुरक्षित भएको र अहिलेको संविधानकै कारण देशको प्रमुख पद अर्थात राष्ट्रपतिमा महिला पुगेको भन्दै यही संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको दाबि गरे। देउवाले संविधान रक्षाकै लागि पाँच दलीय बाम–लोकतानित्रक गठबन्धनलाई जिताउनु पर्नेमा जोड दिदैं निर्वाचनपछि पनि गठबन्धन कायम रहने बताए।
नेपाली कांग्रेसका क्षेत्रि नम्बर १ (२) का सभापति मुकुल आचार्यको अध्यक्षतामा भएको चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विनोद चौधरी एक सफल उद्योगी भएको कारण चौधरीलाई जिताउनु पर्ने बताए। पूर्व प्रधानमन्त्री प्रचण्डले गठबन्धनको भित्र केही समस्याहरु देखिएको भए पनि अहिले ति समस्याहरुलाई विर्सिएर पाँच दलिय संयुक्त गठबन्धनलाई जिताउनु पर्नेमा जोड दिए।
उनले प्रदेश सभा सदस्यका लागि पश्चिम नवलपरासी १ ख मा गठबन्धन बीच अझै तालमेल हुन सकेको छैन्। यहाँ काँग्रेसबाट देवकरण कलवार र माओवादी केन्द्रबाट रामानन्द यादवले उम्मेदवारी दिएका छन्। दुवैले आफू गठबन्धनको उम्मेदवार भएको दावी गर्दै चुनावी सभामा हिडेका छन्। देउवा प्रचण्ड दुवै नेताले यस विषयमा यहाँका चुनावी सभामा भने केही बोलेनन्। उद्योग पछि चौधरीले यस क्षेत्रमा आफुले जितेको खण्डमा विभिन्न प्रकारका उद्योगहरु खेल्ने र स्थानियवासीहरुलाई स्थानीय स्तरमा नै रोजगारीको ब्यवस्था गर्ने प्रतिबद्धता सहित मतदाताहरुसँग भोट माग्ने गरेका छन्।
प्रतिक्रिया दिनुहोस