चितवन, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले धाकधक्कु लगाएर चितवनमा घर बनाएर अहिले गोरखामा गएर बास बसेको बताउनु भएको छ ।
भरतपुरमा आयोजित नेकपा एमालेको चुनावी आमसभामा बोल्दै ओलीले प्रचण्डले आफ्नो घर बनाउन बाहेक केही नजानेको बताउनु भएको हो ।प्रधानमन्त्री जो भए पनि मै हूँ सरकार चलाउने प्रचण्डले भन्ने गरेको उहाँको विचार थियो ।
ओलीले भन्नुभयो, ‘ जहिले पनि सरकारमा बस्ने उनी नक्कली औषधि हुन् । डेट एक्सपाएर, आउट डेटेड , यस्ता प्रकारका आउट डेटेट पार्टीहरुले अस्थिरताको खेती मात्र गरिरहेका छन् ।’ उहाँले प्रचण्ड परिवारको घेरा भन्दा बाहिर जान नसकेको बताउँदै छोरी, बुहारी, भाईको, भतिजाका लागि, अर्काे आफन्तका लागि राजनीति गरेको आरोप लगाउनु भयो ।
आफ्नो नाममा घर छैन सबै अर्काेको नाममा राखेर सर्वहारावादी जनताको मुक्तिको लागि लडेको नेताको अवस्था त्यस्तो भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘शहिदका परिवारलाई थाहा छ प्रचण्ड को हुन् । वैशाखी टेकेर हिडेकाहरुलाई थाहा छ । बिस्तारामा छटपटाइरहेकाहरुलाई थाहा छ । गौर हत्याकाण्डका घाइतेहरुलाई सोध्नोस् प्रचण्ड को हुन् ।’
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस