चितवन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे गाडी ताेडफाेड भएकाे छ । चितवनमा घरदैलाेकाे क्रममा रहेकाे सभापतिकाे गाडीमाथि आज आइतवार ताेडफाेड भएकाे पार्टीले जनाएकाे छ ।
निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने भए पनि सरकार मूकदर्शक बनेकाे पार्टीकाे आराेप छ । राजनीतिमा यो किसिमका अलोकतान्त्रिक चरित्रलाई परास्त गर्नुपर्ने पार्टीकाे धारणा छ ।
‘शान्ति, सुरक्षा कायम गर्नमा राज्य सञ्चालनमा बसेकाहरूको असक्षमता फेरि एक पटक उदाङ्गो भएको छ । हाम्रा पाइलाहरू रोक्न जे जस्तो प्रहार भए पनि हामी रोकिन्नौँ’, पार्टीले भनेकाे छ । गाडीमाथि कसले ताेडफाेड गर्याे भन्ने थाहा भएकाे छैन।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ का प्रतिनिधि सभा सदस्यका उमेदवार रवि लामिछानेले चितवन प्रहरीले सुरक्षा दिन नसकेको गुनासो गरेका छन् । आफ्नो पार्टीको प्रचारमा प्रयोग भएको गाडीमा आज इच्छाकामनामा तोडफोड भएपछि उनले प्रहरीले सुरक्षा दिन नसकेको गुनासो गरेका हुन् । प्रहरी र म्यादी प्रहरीकै अगाडि आफ्नो चुनाव प्रचारको गाडीमा आक्रमण भएको भन्दै उनले राज्य नै आफुमाथिको आक्रमणमा लागेको अनुभूति भएको बताए ।
‘यो कायरता हो । कायरताबाट बाहिर आएर स्वस्थ प्रतिस्पर्धा गरौँ । यो गुण्डागर्दी तुरुन्त बन्द गर्नुपर्यो’, रविले भनेका छन् । बीच सडकमा आफ्नो टिममाथि आक्रमण भएको भन्दै उनले स्थानीय प्रशासनले व्यवस्था गरेको सुरक्षामाथि प्रश्न गरेका छन् । साथै उनले गुण्डागर्दीका बलमा चुनाव जित्ने चेष्टा नगर्न चेतावनी पनि दिएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस