चितवन, निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत प्रत्यक्षतर्फ चितवन क्षेत्र नं. ३ को नमुना मतपत्र सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको मतपत्रमा देशका मुख्य राजनैतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) का चुनाब चिन्हहरु भने रहेका छैनन् ।
यस क्षेत्रमा नेकपा (एमाले)को समर्थनमा स्वतन्त्र उम्मेदवार दिनेश कोइराला उम्मेदवार रहनुभएको छ।
काँग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासंगको गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का डा. भोजराज अधिकारी उम्मेदवार रहनुभएको छ ।
त्यस्तै रा.प्र.पा.बाट बिक्रम पाण्डे उम्मेदवार रहनुभएको छ ।
रा.स्व.पा.बाट जिता बराल उम्मेदवारी उम्मेदवार रहनुभएको छ ।।
निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु जगन्नाथ पौडेल, तारा पौडेल, चन्द्रबिलाश अधिकारी, नन्दराज उपाध्याय, हरि तामाङ, बासुदेव सापकोटा लगायतका पनि स्पर्धामा रहेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस