चितवन, सत्तागठबन्धनमा रहेका दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले चितवनमा उम्मेदवार तय गरि सक्दा नेपाली कांग्रेसले अझै टुंगो लगाउन सकेको छैन । कांग्रेसले प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नं.२ र ३ पाएको छ भने प्रदेशसभातर्फ १ (क), २ (ख) र ३ (क) पाएको छ ।
चितवनको विषयमा छलफल त भइरहेको छ तर टुंगो लागेको छैन, १० बजेभित्रमा टुंगो लाग्ने संभावना बढी छ ।
क्षेत्र नं.२ मा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको संभावना बलियो रहेको छ । यद्यपी यसै क्षेत्रमा कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ र वर्तमान सभापति राजेश्वर खनालले पनि आफ्नो दावी छाडेका छैनन् । क्षेत्र नं.१ मा राष्ट्रिय आयोजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संभावना बलियो छ । प्रदेशतर्फ पनि उम्मेदवार टुंगो लाग्न सकेको छैन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस