चितवन, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा सदस्य निर्वाचन आफ्नो गृहजिल्ला चितवनबाट होइन, गोरखा–२ बाट लड्ने मनस्थिति बनाएको खबर आइरहेका बेला यसलाई पुष्टि गर्ने वक्तव्य सार्वजनिक भएको छ।
प्रचण्डकै निर्वाचन क्षेत्र चितवन–३ का नेतासमेत रहेका माओवादी केन्द्रको युवा संगठन वाईसीएलका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव नलड्ने निर्णयमा पुगेको जनाउ दिएका हुन्।
चितवन कांग्रेस सहितका ५ दलीय गठबन्धनको अपील, प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाटै साझा उम्मेदवार।
हेर्नुहाेस् वाईसीएलका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुको स्टाटस
प्रचण्डलाई गोरखा २ बाट उम्मेदवार बन्न बाबुराम र नारायणकाजीको प्रस्ताव
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गरेको प्रस्तावअनुसार प्रचण्डले यसपटक गोरखा २ बाट चुनाव लड्ने निर्णय गरिसकेको संकेत पनेरुले दिएका छन्।
अन्तत: चितवन र ३ नं निर्वाचन क्षेत्रको बिकासको बिशाल संभावना माथि गम्भिर संकट आयो !
देशका र बाहिरका परिवर्तन बिरोधिका हजार षडयन्त्रका कारण क्रान्तिकारी नेतृत्व अन्यत्र जानु पर्ने परिस्थिति सिर्जना हुदैछं ।
तर, चितवन,र ३ नं क्षेत्र माथिको यो क्षति को भर्पाई सायद कहिल्यै हुदैन् ।ज-जसका कारण यस्तो भयो, ति राम्रै संग पछुताउनु पर्ने छ ।यसको असर चितवनको गठबन्धन र ३ वटै निर्वाचन क्षेत्रमा निश्चित रुपमा पर्ने छ ।
समय अझै बाकि छ, कांग्रेस, समाजबादी र माओबादी का अगुवाहरु र सहकर्मी युवा साथिहरुलाइ अपिल छ, आफ्ना ठाउंहरुमा गम्भिर छलफल चलाउनुहोस् !
चितवन-३ मा प्रचण्डसँग प्रतिस्पर्धा गर्न नेपाली कांग्रेसको भुइँकटहर समूह तथा एमाले र राप्रपाको गठबन्धन बन्ने तयारी भइरहेको छ। साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सोही क्षेत्रबाट उठ्ने चर्चा चलिरहेको छ।
प्रचण्ड चितवन ३ नउठ्ने ,डराएर हिडेको सन्देश जाने
यस अघि भाद्र २४ गते पोखरामा पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रममा ‘प्रचण्ड’ले आगामी चुनावमा चितवन–३ बाट नै उठ्ने बताउनु भएको थियो । उहाँले भन्नुभएको थियो चितवन–३ बाट नै उठ्छु चितवन छाड्दा डराएर हिँडेको जस्तो हुन्छ त्यसैले दायाँबायाँ सोच्ने कुरा नै हुदैन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस