चितवन नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन्।
चितवनका सत्ता साझेदार दलहरुको संयुक्त बैठकले अध्यक्ष दाहाललाई सो आग्रह गरेका हुन्।
पाँच दलीय गठबन्धन चितवनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन क्षेत्र नम्बर ३ परिवर्तन गरी अन्य जिल्लाबाट उम्मेदवार नबन्न अपील गरेको छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेपछि प्रचण्ड गोरखा–२ बाट उम्मेदवार बन्ने चर्चा चलेको थियो । सत्तागठबन्धनका चितवनमा क्रियाशिल दलहरुको आज (मंगलबार) बसेको बैठकले चितवनलाई अभिभावकीय भूमिक निर्वाह गरिदिन प्रचण्डलाई आग्रह गर्दै चितवनबाटै चुनाव लड्न आग्रह गरेको छ ।
नेपाली कांग्रेसका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले यही असोज २३ गते हुने मनोनयनका लागि प्रत्येक दलबाट दुई-दुई जनाका दरले तयारी समितिसमेत गठन गरेको विज्ञप्तिमा जनाइएको छ। साथै सो विज्ञप्तिमा गठवन्धन दलका नेता कार्यकर्तालाई गठबन्धनका उम्मेदवार विजयी गराउन अग्रसर हुनसमेत अनुरोध गरिएको छ।
चितवन-३ बाट प्रचण्डलाई पाखा लगायर, काँग्रेसबाट उम्मेदवार बन्न चाहनेहरु को को हुन्?
कांग्रेस चितवनका प्रवक्ता अनमोल अधिकारीले पूर्वप्रधानमन्त्री प्रचण्डलाई चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बनाउन सबै दलहरु प्रतिवद्ध बनेको जानकारी दिनुभयो । “चितवन क्षेत्र नम्बर ३ मा कुनै विवाद छैन”, उहाँले भन्नुभयो, “संघीय र प्रदेश उम्मेदवार को–कसलाई बनाउने भन्नेबारे समझदारी बनिसकेको छ, मनोनयनकै दिन सार्वजनिक हुनेछ ।” नेपाली कांग्रेस चितवनका सभापति तथा पाँच दलीय गठबन्धन चितवनका संयोजक राजेश्वर खनाल, माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी, एकिकृत समाजवादी चितवनका उपाध्यक्ष कृष्णराज न्यौपाने लब्ली, जनता समाजवादी पार्टी चितवनका अध्यक्ष प्रेमराज भुजेल, एकिकृत समाजवादी नेता तथा प्रदेश मन्त्री कृष्णप्रसाद खनाल, माओवादी केन्द्रीय नेताहरु घनश्याम दाहाल, सूर्य सुवेदी पथीक, ज्ञानु बस्नेत सुवेदी लगायतका नेताहरुको बैठकले प्रचण्डलाई निर्वाचन क्षेत्र परिवर्तन नगर्न आव्हान गरेको छ ।
गठबन्धन भित्रको अविश्वासको भारी, शीर्ष नेताको निर्णय नै स्विकार्दैनन् कार्यकर्ता !
बैठकमा कांग्रेस चितवनका उपसभापति राजिव न्यौपाने, शालिग्राम शर्मा पौडेल, सचिव सूर्य अर्याल, धुर्वराज पोखरेल, सहसचिव गोपाल दराई, जिल्ला प्रवक्ता अनमोल अधिकारी सहभागि हुनुभएको थियो ।
चितवनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका ६ जना नेता, संघीय मन्त्री भएका २ जना र प्रदेश मन्त्री २ जना भने बैठकमा सहभागि थिएनन् ।
कांग्रेसको असन्तुष्ट समूहले चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसकै उम्मेदवार बन्नुपर्ने अडान लिदै आइरहेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस