चितवन, जिल्लामा प्रतिनिधिसभातर्फ जम्मा ३ सिट रहेको छ । पाँच दलीय सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार चितवनका ३ सिटमध्ये दुई सिट नेपाली कांग्रेसको भागमा परेको छ भने प्रतिनिधिसभातर्फ एक सिट नेकपा माओवादी केन्द्रले पाउने भयको छ।
चितवन–१ मा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ दाबी गरे पनि अन्ततः चितवन–१ कांग्रेसको भागमा परेको छ ।
पाँच दलीय गठबन्धनबीच चितवनको प्रतिनिधिसभातर्फ ३ वटा क्षेत्रमध्ये १ र २ नेपाली कांग्रेसको भागमा परेको छ । उनले चितवन–३ मा प्रदेशका दुवै सिट कांग्रेसले लिने गरी प्रतिनिधिसभाको सिट नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको छ तर ‘सहमति भय अनुसार अन्तिमरुप दिन भने बाँकी छ, अन्तिम समयमा फेरबदल हुन पनि सक्छ तर प्रतिनिधिसभाका ३ सिटमध्ये दुई सिट कांग्रेसले लिने पक्का भयको शिर्ष नेता हरु ले बताउदै आयका छन्।’ तर प्रदेशतर्फको सिट बाँडफाँटको टुङ्गो लगाउन बाँकी रहेको छ। चितवन कांग्रेसले प्रतिनिधिसभा र प्रदेशतर्फ सम्मानजनक आफ्नो हैसियत भने लिनेछ ।’
नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उमेदवारका लागि ६ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा राजेन्द्र बुर्लाकोटी, भीमप्रसाद थपलिया, उमेश श्रेष्ठ, डा. तीर्थ खनियाँ, डा. स्वर्णिम वाग्ले र डा. विश्व पौडेल रहेका छन् ।
चितवन क्षेत्र नं २ मा नेपाली कांग्रेसका ५ जना सिफारिस भएका छन् । जितनारायण श्रेष्ठ, राजेश्वर खनाल, उमेश श्रेष्ठ, प्रकाश अधिकारी र राजन कार्कीको नाम सिफारिस रहेको छ ।
चितवन क्षेत्र नं ३ मा पनि प्रतिनिधिसभातर्फ कांग्रेसले नाम सिफारिस गरे पनि यस क्षेत्र नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको कांग्रेस नेताहरु ले बताउदै आयका छन् । यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठ्ने पक्का नै भयको छ । यहि चुनाब लाई भनेर हतार हतार मा चितवन मा घर बनायर घर पनि सरिसकेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस