चितवन, मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ स्थित सिमलतालमा ट्रकले किच्दा एक जनाको ज्यान गएको छ।
बिहिबार साँझ ६ः५० बजेको समयमा मुग्लिनबाट नारायणगढ तर्फ जाँदै गरेको बा.प्र. ०६–०१ प १९८० नं. मोटरसाइकल आँफै अनियन्त्रित भई पल्टिदाँ सोही मोटरसाइकल पछाडी सवार भारत घर भई हाल चितवन भरतपुर २ बस्ने बर्ष १९ को महमद सकिल साहलाई बिपरित दिशा बाट आउदै गरेको लु २ ख ५५ नं. को ट्रकले कुल्चिदा घटनास्थलै ज्यान गएको हो।
मोटरसाइकल चालक सोही स्थानका बर्ष ३० को अकवर साह भने सकुशल रहेको छ । ट्रक र चालक स्याङजा गल्याङ ८ बस्ने बर्ष ३२ को अर्जुन पचभैया मगर इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस