चितवन जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायब निरीक्षक राजनबहादुर खड्का भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।प्रनानि खड्काले अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने कार्यमा विशेष योगदान पुर्याएको र आफ्नो जिम्मेवारी पालनामा लगनशील, इमान्दार र अनुशासित तबरले उत्कृष्ट कार्यसम्पादन गरेको कार्यको उच्च मूल्यांकन गर्दै भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’का रूपमा पुरस्कृत गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
प्रहरी चौकी भिष्वा, पर्सामा दरबन्दी भई जिप्रका चितवनमा कार्यरत खड्काले प्राप्त सूचनाका आधारमा विभिन्न मितिमा कर्तव्य ज्यान घटनाका संलग्न रही फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएका थिए ।
यस्तै, डकैती तथा ज्यान मार्ने उद्योग मुद्दामा वारदातपश्चात फरार रहेका एक फरार प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरमा ल्याउनुका साथै भरतपुर–४ स्थित नारायणी मनी ट्रान्सफरका स्टाफलाई धम्की दिई दुई लाख चार हजार २५० रुपैयाँ लुटेर फरार रहेका प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएका थिए ।
यस्तै, प्रनानि खड्काले विभिन्न मितिमा चोरी भएका तथा हराएका ४३ थान मोबाइल सम्बन्धित मोबाइल धनीलाई बुझाउन सफल भएका थिए । यस्तै, भन्सार छली अवैधरुपमा ल्याइएका सामान नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाउन सफल भएका थिए ।
प्रनानि खड्काले अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने कार्यमा विशेष योगदान पुर्याएको र आफ्नो जिम्मेवारी पालनामा लगनशील, इमान्दार र अनुशासित तबरले उत्कृष्ट कार्यसम्पादन गरेको कार्यको उच्च मूल्यांकन गर्दै भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’का रूपमा पुरस्कृत गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस