काठमाडौं : मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्न लागेको हो । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धन लाई फलाम को चिउरा बन्दैछ ।
काठमान्डौ, कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेता सिट बाँडफाँट गर्न छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु छलफलमा जुटेका हुन् ।
११ सदस्यीय कार्यदलका सदस्यसहित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु छलफलमा सहभागी रहेका छन् ।
निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची सोमबार बुझाएसँगै दलहरूको ध्यान प्रत्यक्षतर्फका उम्मेदवार छान्नतिर गएको हो । ५ दलीय सत्ता गठबन्धनले साउन २० गते नै सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेपनि सहमति जुट्न सकेको थिएन । गठबन्धनमा प्रतिनिधि सभाको १६५ सिटमध्ये ९० प्रतिशतमा सहमति जुटेपनि अन्य निर्वाचन क्षेत्रका बारेमा दोहोरो र तेहेरो दावी भएकाले भागबण्डामा सकस पर्दै आएको छ । दलहरुले सिट भागबण्डा मिलाउँदा प्रतिनिधि र प्रदेश सभा दुवैमा सन्तुलनसहित सहमति गर्ने बताउदै आएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस