चितवन, नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड आजै आफ्नो नवनिर्मित घरमा प्रवेश गरेका छन्। उनले उक्त घर बनेको जमिन बुवाको नामबाट आफ्नो नाममा आएको बताएका छन्।
सोमबार चितवनमा आयोजित बृहत इन्द्रेणी समारोहलाई सम्बोधन गर्दै उनले आफ्नो बुवाको नाममा रहेको जग्गा बुवाको स्वर्गवासपछि आफ्नो नाममा आएको र सोही जग्गामा सानो घर बनाएर प्रवेश गरेको बताएका हुन्।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिलेकाहीँ घरबेटीका कारणले पनि आलोचनामा पर्छन्।
काठमाडौंमा प्रचण्डका नाममा घर छैन। पछिल्ला केही वर्षदेखि प्रचण्ड ललितपुरको खुमलटारमा भाडाको घरमा बस्छन्। त्यो घर निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीको हो।
अब भने प्रचण्डले आफ्नै सम्पत्तिमा घर बनाएका छन्। चितवनको भरतपुरमा अहिले प्रचण्डको आफ्नै घर भयको छ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १४ स्थित शिवनगरमा प्रचण्ड टोल छ। भरतपुरको चौबिसकोठीबाट करिब आधा घन्टामा पुगिने त्यो टोल प्रवेश गर्ने ठाउँमा राखिएको बोर्डमा ‘प्रचण्ड टोल विकास संस्था तपाईंहरूको हार्दिक स्वागत गर्दछ’ लेखिएको छ।
करिब १० कट्ठा जमिनको मध्यभागतिर घर छ भने। घरको अघिल्तिरको एक छेउमा जस्ताले छाएको तीन कोठाको लामो टहरो बनाइएको छ। त्यो टहरो गार्ड/कर्मचारीका लागि बनाइएको हो।
प्रचण्ड अहिले बन्दै गरेको घरबाट नजिकै रहेको नारायणी माविमा पढेका थिए।
‘प्रचण्ड यहीँ हुर्किएको भए पनि अहिले घर नहुँदा मान्छेहरू चुनावको बेलामा टुरिष्ट उम्मेदवार भन्ने गर्थे|
अहिले प्रतिनिधि सभाको चुनावको मिति घोषणा संगै दाहाल आफ्नै घरमा सरेका हुन्। पत्नी सीता दाहाललाई पनि सोही घरमा केही दिन बस्ने छिन्। दाहाल भोलि बिहान सडक मार्गको प्रयोग गरेर राजधानी जाने कार्यक्रम छ।
प्रचण्डले बन्दै गरेको घर हेरेपछि ‘बुढेसकाल लागेपछि आफ्नै ठाउँमा आउनुपर्ने रहेछ’ उनले भने।
प्रचण्डका को उक्त घर भयको जमिन प्रचण्डको पैतृक सम्पत्ति हो। बाबु मुक्तिराम दाहालले २०४८ सालतिर यहाँको रहेको केही जमिन बिक्री गरेपछि करिब ६ कट्ठा मात्रै बाँकी रहेको थियो। आफ्नो पुरानो ४ कट्ठा जमिन फिर्ता गर्नुभयो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस