चितवन, नेपालको जेठो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जले पचास वर्ष पार गरेको खुसीयालीमा स्वर्ण महोत्सव मनाएको छ । एक बर्ष भरि मनाउने स्वर्ण महोत्सवको उद्घाटन आज वनमन्त्री प्रदिप यादवले गर्नुभएको छ । उहाँले वन मन्त्रालय संरक्षणमा लागि पर्ने बताउनुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै यादवले पुरानो ऐनलाई परिमार्जन गर्दै समयानुकुल बनाउने धारणा समेत राख्नुभयो । कसरा माडि जाने निकुञ्जको सडक वन्यजन्तु मैत्री बनाउँदै मर्मत सम्मार गर्नुपर्ने उहाँको धारणा थियो ।
असोज ४ गते चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएको ५० बर्ष पुगेको हो । यस अवसरमा एक बर्ष भरि संरक्षण सम्बन्धी विभिन्न कार्यक्रम गरि महोत्सव मनाउने निकुञ्जका प्रमुख हरिभद्र आचार्यले बताउनुभयो । वन तथा भू संरक्षण विभागका महानिर्देशक देवमणी त्रिपाठीले बाघको संख्या निकुञ्ज बाहिर पनि रहेकाले त्यस तर्फ पनि संरक्षण गर्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
सन् १९८४ मा विश्वसम्पदा सूचीमा सूचीकृत यस निकुञ्जमा एकसिङ्गे गैँडा, पाटे बाघ, घडियाल गोहीलगायतका लोपोन्मुख जनावरहरुको संरक्षण गरिएको छ । निकुञ्जमा हाल ४९ वटा पोस्टहरु छन् । यस निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरुलाई समेटेको छ । २०५३ मा निकुञ्जवरपरको ७५० वर्गकिलोमिटर क्षेत्रफल ओगटेर मध्यवर्ती क्षेत्रको घोषणा गरिएको थियो । हाल सो क्षेत्रमा संरक्षण र विकासका विभिन्न गतिविधिहरु सञ्चालन भइरहेका छन् ।
निकुञ्ज स्थापना संगै विसं २०५३ सालमा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन गरिएको थियो । व्यवस्थापन समितिको क्षेत्रफल ७२९ दशमलब ३७ बर्ग किलोमिटर रहेको छ । यस राष्ट्रिय निकुञ्ज प्रदेश नं. २, ३ र ४ का चितवन, मकवानपुर, पर्सा र नवलपरासी जिल्लाका केही भू–भागहरुमा फैलिएको छ । नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज विभिन्न जीवजन्तु र चराचुरूङ्गीका लागि उपयुक्त बासस्थान बनेको छ ।
प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार निकुञ्जमा १२ पालिका पर्दछन् । एक महानगरपालिका, ८ नगरपालिका र ३ गाउँपालिका पर्दछन् । ती पालिकामा २ लाख ५० हजार भन्दा बढी जनसंख्या बसोबास गर्दछन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस