मेलम्ची खानेपानी आयोजनाको लापरबाहीले गर्दा गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित आरुबारीका स्थानीयहरु विस्थापित बन्ने स्थिति सृजना भएको छ ।
निर्माणाधीन खानेपानी ट्याङ्की परिसरमा थुपारिएको माटोमाथि लगाएको पर्खाल सामान्य पानी परेपछि नै भत्केको हाे ।
गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजीव लामाले मेलम्चीका आयोजना कार्यन्वयन निर्देशनालयलाई पत्र लेख्दै क्षतिपुर्ति तथा सम्भावित जोखिमको व्यवस्थापनका लागि पत्र लेखेका छन् । थापाले पानीखोल्सामा बनेको आयोजनाको पर्खाल भत्किंदा नजिकको टोल बस्ति तथा घरहरुमा जोखिम बढेको भन्दै यथाशिघ्र व्यवस्थापन गर्न भनेका छन् ।
कमजोर जगमा निर्मित पर्खालको रिटेनिङ्ग सपोर्टवाल निर्माणको ड्रईङ स्टिमेट पनि स्थानीय टोल सुधार समितिले माग गर्दा आयोजनाले उपलब्ध गराएको छैन । टोल सुधार समितिका अध्यक्ष पासाङ्ग लामाले प्राविधिक र ठेकेदारको मिलेमतोमा गतिलो काम नभएको भन्दै सुचनाको हक प्रयोग गर्दै सम्पूर्ण कागजपत्र माग गरेका छन् ।
निर्देशनालयले भने उल्टै आरोपबाट बच्नका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा निर्मित र निर्माणाधीन खानेपानी ट्याङ्की परिसरका सीमा क्षेत्रका जग्गामा डोजर लगाउँदा खानेपानी ट्याङ्कीमा क्षति पुग्न गई खानेपानी वितरण समेत अवरुद्ध हुने भएकाले त्यस्ता कार्य नगर्न नगराउन भन्दै बक्तब्यवाजी सुरु गरेको छ ।
नगरपालिकाकी उपप्रमुख सान्नानी लामाका अनुसार आरुबारीमा निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको ८५ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की रहेको क्षेत्रको सीमामा पर्ने जग्गामा सुरक्षाका लागि निर्माण गरिएको कमजोर धरातलको आरसीसी पर्खाल भत्किन गई खानेपानी ट्याङ्कीमा समेत क्षति पुग्ने अवस्था सिर्जना भएको छ । स्रोतका अनुसार उक्त पर्खाल ३५ फिट अग्लो छ ।
उनका अनुसार मेलम्चीका कारण बस्ति नै जोखिममा रहेको छ, सबै पर्खाल भत्काएर पुन: बलियो बेशमा निर्माण गर्नुपर्ने उनको भनाई छ ।
प्राविधिक र ठेकेदारले गल्ति गरेर डोको पल्टे जस्तो पर्खाल बनाएको लामाको भनाई छ । जोखिम व्यवस्थापनको काम मेलम्चीले यथाशिघ्र नगरे आफुहरु आयोजनाको कार्यालय नै जाने उनको भनाई छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस