आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्तारुढ दलहरुबीच सीट बाँडफाँडको छलफल चलिरहेको बेला मोरङको निर्वाचन क्षेत्र नं. ६ मा भने हेभिवेट गठबन्धनको सम्भावना देखिएको छ।
आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि ‘भागबण्डा मिलाउन गठित कार्यदलको बैठक मंगलबार पनि बस्दै छ।
कार्यदलमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीसहित कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्।
देशभर सबैभन्दा धेरै मतदाता मोरङमा रहेको छन् । मोरङ क्षेत्र नं ६ अहिले हटकेक इस्यु बनेको छ, अघिल्लो निर्वाचनमा केन्द्रमा वाम गठबन्धनबाट एमालेले जितेको थियो भने प्रदेशमा कांग्रेसले जीत हात पारेको थियो। प्रचण्डका ज्वाईंसमेत रहेका माओवादी नेता जीवन आचार्य बाम गठबन्धन हुँदासमेत कांग्रेसका चुम नारायण तबदारसंग २ हजार मतान्तरले पराजित भएका थिए। तबदारको २३५१३ मत आएको थियो भने जिवन आचार्यको २१४७० मत आएको थियो ।
क्षेत्र नं ६ को संघिय वा प्रदेशमा आचार्यसंगै सोहि क्षेत्रमा सहिदपुत्र प्रमोद पौडेल पनि आकांक्षी छन् । पौडेलका बुबा जनयुद्धको दौरान सहिद भएका थिए । उनका बुबा टंक प्रसाद पौडेलले २०६१ बैशाख २३ गते सहादत प्राप्त गरेका थिए । पौडेल र उनका बुबा जनयुद्धको सुरुवाती कालदेखि नै माओवादी हुन् भने आचार्यको पृष्ठभूमि कांग्रेस र नेविसंघ भएको बताईन्छ ।
पटक पटक अवसर पाएका आचार्य संसदीय चुनावमा टिकट पाईसकेर असफल भैसकेपछि पार्टीको केन्द्रिय सदस्य समेत भैसकेका छन्। बैचारिक र सांगठानिक हिसाबमा कुनै प्रभाव नराख्ने आचार्य प्रचण्डका कान्छा ज्वाईं भए बापत नै आशिर्वादमा पद पाउदै आएका छन् ।
यता पौडेल भने सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनका संस्थापक अध्यक्ष हुन् । देशभरका सहिद तथा बेपत्ता योद्धाका सन्ततिहरुलाई एउटै मालामा गाँस्ने काम गरेका छन् । उक्त फाउन्डेसनले सातै प्रदेशको भेला सम्पन्न गरिसकेर तेश्रो साधारणसभाको तयारी गर्दैछ । सहिदका सन्ततिलाई एउटै मंचमा जोड्न पार्टीले गर्न नसकेको काम पौडेलको नेतृत्वमा भएको छ ।
सत्तारुढ गठबन्धनले देशैभरी चनावी तालमेल गर्ने निर्णय गरेपछि क्षेत्र नं. ६ का जनताले भने प्रतिनिधि सभामा डा.शेखर कोइराला र प्रदेशमा सहिद सन्तति प्रमोद पौडेल वा प्रचण्डका कान्छा ज्वाईं जीवन आचार्यलाई उम्मेदवार बनाउनुपर्ने बताएका छन्। माओवादी सहिद परिवारदेखि टाढा हुँदै गएको आरोप लाग्ने गरेको बेला पौडेललाई टिकट दिने निर्णय पार्टी र आन्दोलनका लागि हितकर हुने एक जिल्ला स्तरिय नेताले बताए ।
कोइराला र पौडेललाई संघ र प्रदेशमा उम्मेदवारी दिइयो भने यसलाई चुनौती दिन एमालेका लागि ठूलो चुनौती हुने देखिन्छ। किनभने त्यतिबेला लालबाबु पण्डितले पाएको ३३ हजार मत उनको एकल मत थिएन। एमालेले यसपटक सत्यनारायण चौधरीलाई उम्मेदवार बनाउने सम्भावना छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस