काठमाडौँ, नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी भदौ १० देखि २४ सम्मको चुनावी अभियानको घोषणा गरेको छ ।
शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले जनताको साथमा कांग्रेस भन्ने अभियानको घोषणा गरेको हो । पहिलो चरणको अभियान भाद्र १० देखि वीपी जन्मजयन्ती भाद्र २४ सम्म , दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्ष तर्फ उम्मेदवारी दर्तापछि सुरु हुने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत्तले जानकारी दिए ।
प्रदेश क्षेत्रमा प्रदेश समितिले नै प्रतिनिधि खटाउने पनि उनले जानकारी दिएका छन्। त्यसैगरी जिल्लाले पालिका तहमा र पालिकाले वडा र टोल तहमा प्रतिनिधि खटाउने पनि जनाइएको छ।
यस अभियानलाई कांग्रेसले चुनावी अभियानका रुपमा अघि बढाउँदैछ। यस अभियानमा कांग्रेसले बढीभन्दा बढी मानिसहरुलाई सहभागी गराउने भएको छ। जस अनुसार जिल्ला समितिसहित सबै तहका समितिहरुले बैठक बोलाएर सबै तहमा जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई समेटेर छलफल अन्तरक्रिया गरिने पनि बताइएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस