काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्न बताएका छन् ।
शुक्रबार झापामा आयोजित स्वतन्त्र मजदूर संगठनको सम्मेलनलाई सम्बोधन गर्दै उनले जतिसुकै गठबन्धन बने पनि जनताले विश्वास नगर्ने दाबी गरे ।
नेताहरुको गठबन्धनलाई आगामी निर्वाचनमा जनताले ठेगान लगाउने दाबी गरेका अध्यक्ष ओलीले देखिएका गठबन्धनमा जनता सहभागी नभएकाले उनीहरु पराजित हुने जिकीर गरे ।
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेपछि गृहजिल्ला झापा आएका अध्यक्ष ओलीले चुनावपछि एमालेको सरकार बन्ने दाबी गरे ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस