काठमाडौं । शुक्रबार बिहान गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक(दुई स्थानमा भने भारी हुनसक्ने देखिएको छ । शनिबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आइतबार देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस