यदि कुनै सामाजिक कार्यका लागि सल्लाह गर्नु परे सबभन्दा पहिला घरमा भएका ठूलाबडा (आमा, बुबा, हजुरबुबा-हजुरआमा) सँग सोधपुछ गरिने नेपाली समाजको अकाट्य सँस्कार हो ।
घर भित्रबाट सही सल्लाह पाईएन भने त्यसपछि समस्या सामाधान गर्न होस् वा अन्य सामाजिक कार्य नै त्यसपछि भने आफन्त, इष्ट मित्र आदिसँग सल्लाह लिने प्रचलन विद्यमान छ ।
तर देशको हिमाली जिल्ला दार्चुलाको नौगाड गाउँपालिकामा भने स्थानीय सरकार संचालनमा ठीक उल्टो अभ्यास देखिएको छ ।
नौगाडका गाउँपालिकाका वडा नम्बर २ का वडाध्यक्ष नरेन्द्रसिहं ठगुन्नाले पालिका अध्यक्ष दलजीत धामीलाई आफ्नो इसारामा नचाउने गरेका छन् ।
करिब पालिकामा ३०० एमाले कार्यकर्तालाई मापदण्ड कुल्चेर करारमा राखिएको छ ।
लामो समयदेखि नौगाडमा करारमा भर्ती गरिएका कर्मचारीको करार भंग गर्न माग उठिरहेको भए पनि अध्यक्ष दलजीत धामी आफ्नो मामाको प्रभावमा परेर करार भंग गर्न नहुने पक्षमा उभिएको र एमालेको हतियार बन्न पुगेको भन्दै आलोचना भईरहेको छ ।
स्थानीय निर्वाचनमा लामो समय शिक्षण र पेशाबाट पेन्सन लिएर घर फर्किएका दलजीतसिंह धामीले गाउँपालिकाको चुनाव जीते ।
जीवनभरी शिक्षण पेशा गरेर सामाजिक सेवाका लागि भन्दै राजनीतिमा हाम फालेका दलजीत धामीलाई स्थानीय सरकार संचालन गर्न फलामको चिउरा चपाउनु सरह अप्ठेरो परेको छ ।
राजनीति निर्मम हुन्छ । राजनीति गर्ने मानिस निर्मम भएर मात्र होईन, डाईनामिक पनि हुनु पर्दछ । साथै कुटिल र चतुर पनि । तर जीवन भरी केटाकेटीहरुलाई गणित विज्ञान घोकाएर उमेरको पचासौँ दशक पुग्न थालेका दलजीत धामीले गाउँपालिका अध्यक्षमा चुनाव जीते ।
चुनाव जीतेपछि इमान्दार र सरल स्वभाव भएका धामीको चौतर्फी चर्चा पनि भयो । तर दलजीत धामी यति धेरै सरल र उदार हुन थाले की आफैले पारित गरेको नीति तथा कार्यक्रमको कुल्चिएर एमालेका कार्यकर्ताको जागिर जोगाउन एमालेकै हतियार बन्ने अन्तिम तयारीमा छन् ।
तपाई हामीलाई अचम्म लाग्न सक्छ । माओवादी र एमाले परस्पर विरोधी शक्ति हुन् । तर माओवादीका गाउँपालिका अध्यक्ष दलजीत धामी किन एमालेको मतियार बन्न ज्यान फालेर लागेका छन् ।
यसको सोझो जवाफ छ । वडा अध्यक्ष एमालेबाट निर्वाचित भएका छन् त्यसैले । त्यसो त तपाईलाई अर्को अचम्म के लाग्न सक्छ भने एमाले कार्यकर्ताको जागिर जोगाउनका लागि वडा अध्यक्षले गाउँपालिका अध्यक्षलाई कसरी पेल्न सक्छन् । यो प्रश्नको जवाफ सोझै भन्न सकिन्छ कि वडा अध्यक्षले कार्यपालिकामा बहुमत जुटाएर गाउँपालिका अध्यक्षलाई अल्पमतमा पारे । यदि तपाईले त्यसो सोच्नु भएको छ भने तपाई गलत सोच्दै हुनुहुन्छ ।
त्यसो भएर गाउँपालिका अध्यक्ष कति प्रभावशाली रहेछन् त यसको जवाफ हो । यसको सही जवाफ वडा अध्यक्ष मामा र गाउँपालिका अध्यक्ष भान्जा ।
यस्तै चलिरहेको छ नौगाड गाउँपालिकामा । नौगाड गाउँपालिकाका वडा नम्बर २ का अध्यक्ष नेरेन्द्रसिंह ठगुन्नाले आफ्ना गाउँपालिका अध्यक्ष दलजीत धामीलाई औलामा नचाईरहेका छन् ।
दलजीतसिंह धामी नाचिरहेका छन् । नीति तथा कार्यक्रममा कार्यपालिकाले पालिकाका कर्मचारीको करार सम्झौता भंग गर्ने भनिएको छ ।
तर एमालेबाट विजयी भएका वडा नम्बर २, ४ र ५ का अध्यक्षहरु करार सम्झौता गर्न नहुने भन्दै बैठकमै गाउँपालिका अध्यक्षमाथि खनिए ।
तपाईहरुले कर्मचारीको करार कसरी भंग गर्नु हुन्छ तीन सय जना कर्मचारीले आन्दोलन गरे भने थेग्न सक्नु हुन्छ भन्दै गाउँपालिका अध्यक्ष धामीलाई थर्काउन पुग्छन् । त्यसपछि गाउँपालिका अध्यक्ष बाहेकका अन्य कार्यपालिका सदस्यहरुले एमाले वडा अध्यक्ष नेरेन्द्र ठगुन्नाको भनाईको प्रतिवाद गर्छन् ।
तर गाउँपालिका अध्यक्ष दलजीत धामीले आफ्ना मामा वडा अध्यक्ष नरेन्द्र ठगुन्नाको बचाउन गर्न कार्यपालिका सदस्यहरुलाई झपार्छन् ।
१५ जनाको कार्यपालिकामा करिब १० जनाको बहुमतलाई रुलिङ गरेर बोल्न दिदैनन् । त्यसपछि नौगाडकै वडा नम्बर ६ का वडा अध्यक्ष तथा प्रवक्ता राजेन्द्र बोहोरा कड्किन्छन्, हामीले हिजो नीति तथा कार्यक्रम पारित गर्दा कर्मचारीको करार सम्झौता भंग गर्ने भनेका छौँ यसको कार्यान्वयन हुन पर्दछ ।
तर मामाको धम्कीपूर्ण अभिव्यक्तिले सातो उडेका अध्यक्ष धामीले कार्यपालिकाको बैठक स्थगित गर्छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस