चितवन, उन्नत लोकतन्त्र पार्टीले चितवन मा आफ्नो पाटी को जिल्ला कार्याल स्थापना गरेको छ।
भरतपुरको बाइपास रोडमा सनिवार एक कार्यक्रमका बीच पार्टीका केन्द्रिय अध्यक्ष स्वागत नेपालले पार्टीको बोर्डमा लेखिएको नाम पढेर कार्यालयको उद्घाटन गरेका हुन।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले संख्याको आधारमा कुनै पनि पार्टी सानो र ठुलो नहुने बताए । उनले भने , पार्टी निति भाबि योजना र संकल्प हेरेर कस्तो र कत्रो पार्टी हो भनेर छुट्याउन जनतालाइ उनले अनुरोध गरे।
कार्यालय उद्घाटन गर्दै नेपालले चितवन जिल्ला अब ठुला भनौदा पार्टीको मात्र रहेन । यो जिल्ला लोकतन्त्र पार्टीको पनि हो। यो प्रचण्डको मात्र जिल्ला हैन दिपेन्द्र बास्तोलाको पनि हो।
छोटो समयमा लोकतन्त्र पार्टी प्रति आम सर्बसाधारणको आकर्षक बढ्दै गएको उनले दाबी गरे।
चितवन जिल्लाको भरतपुर महानगरपालिकामा आफ्नो पार्टीले मेयर पदमा लोकतन्त्र पार्टीका चितवन जिल्ला संयोजक दिपेन्द्र बास्तोलालाइ उठाउने निर्णय गरेको समेत उनले बताए ।
सकेसम्म धेरै वडाहरुमा आफ्नो पार्टीले जनप्रतिनिधि सामेल गराउने उनको भनाइ थियो।
कार्यक्रममा पार्टीका अन्तर्राष्ट्रिय बिभाग प्रमुख केबि लिम्बु,रामराज आचार्य , ईश्वरी सिंह लगायतले सम्बोधन गरेका थिए।
कार्यक्रम पार्टीका जिल्ला संयोजक दिपेन्द्र बास्तोलाको अध्यक्षतामा भएको थियो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस