भरतपुर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय चुनावसम्मनै गठबन्धन नटुट्ने बताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सत्तामा रहेका दलहरु मिलेरै तीन तहकै चुनावमा सहभागी बन्ने बताउनुभएको छ । चितवनमा यसपालि कांग्रेसले एक्लै चुनाव लड्ने अडान लिदै आएकोप्रति उहाँले भन्नुभयो, केहि नेताले भनेपनि कांग्रेसले एक्लै लड्ने भनेको छैन, स्थानीय तह, प्रदेश र संघीय चुनावसम्मनै गठबन्धन रहने छ ।
‘गठबन्धन त भइरहेकै छ, नि। अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघीय चुनावसम्म पनि रहन्छ’, उनले भने।
यसपटक चितवनका कांग्रेस नेताहरूले भने केन्द्रले लादेको तालमेल अस्वीकार गर्ने निर्णय गरेका छन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, पूर्व जिल्ला सभापतिसहित चितवन कांग्रेसले बुधबार गरेको बैठकले तालमेलको नाममा भरतपुर महानगरपालिकाको मेयर कुनै पनि हालतमा नछाड्ने निर्णय समेत गरेको छ ।
बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू, भरतपुर महानगर सभापति, जिल्ला पदाधिकारीहरू लगायतको उपस्थिति थियो । भेलामा बोल्ने सबैजसो नेताहरूले चितवनमा स्थानीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने र तालमेल नै गर्ने भए भरतपुर महानगरको मेयर नछाड्ने गरी हुनुपर्ने धारणा राखेका थिए ।
चितवन कांग्रेसी हरु गठबन्धन गर्दै नगर्नेमा भने छैनन् । चितवनका कांग्रेस आफुले भरतपुर महानगरपालिकाको मेयर पायको खण्डमा गठबन्धन सुइकार्न तयार नपायको खण्डमा गठबन्धन केन्द्रले लादेको तालमेल खण्डमा पनि स्वीकार गर्ने पक्ष मा देखिदैन चितवन कांग्रेस ।
अर्को तर्फ नेकपा एमाले अघिल्लो चुनाबमा कांग्रेस र माओबादी केन्द्र मिल्दात जित्नको लागि हम्मे हम्मे परेको थियो यसपटक आफ्नो जित सुनिच्चित भयको भन्दै कांग्रेस र माओबादी केन्द्र को गठबन्धन दोहोरि हेर्दै बसेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस