चितवन, जिल्ला प्रहरी कार्यालय चितवनमा ‘जवानसँग जेरी’ कार्यक्रम सम्पन्न गरिएको छ । प्रहरीको मनोबल उच्च बनाउन शुक्रबार उक्त कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नौलो र फरक किसिमको कार्यक्रमले प्रहरी जवानहरुमा हौसला र उच्च मनोबल प्रदान हुने चितवन प्रहरीको बुझाइ छ ।
आफूभन्दा उपल्लो दर्जाका हाकिमसँग हरेक प्रहरी कर्मचारी सजग, होसियार र अनुशासित देखिन्छन् । त्यसैले पनि हाकिम र तल्लो दर्जाका प्रहरीबीच भेटघाट, बोलचाल, सहभोज बिरलै देख्न पाइन्छ । तर, चितवन प्रहरीले भने कुनै पनि प्रहरी कर्मचारीबीच भावनात्मक दूरी नबढोस् भनेर फरक कार्यक्रम गरेको छ।
चितवन प्रहरीले हरेक महिना कार्यक्रम गर्ने गरेको छ । चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारी शुक्रबार आफ्ना प्रहरी कर्मचारीहरुमाझ देखिए । प्रहरी कर्मचारीबीच आपसमा घुलमिल हुन, पारिवारिक सम्बन्ध बनाउन र पुनर्ताजगी हुनका लागि पनि यो कार्यक्रम उपयुक्त रहेको चितवन प्रहरी प्रमुख एसपी अधिकारी बताउँछन् । ‘व्यक्तिगत र सांगठनिक कुराहरु खुलेर भन्नका लागि पनि यस्तो कार्यक्रमले सहज बनाउने चितवन प्रहरी प्रमुख एसपी अधिकारी बताउँछन्।
उत्कृष्ट परिणामका लागि उच्च मनोबल, उच्च मनोबलका लागि उल्लासपूर्ण काम गर्ने वातावरण बनाई प्रहरी अधिकृतहरुसँग जवानहरुको भातृत्व विकासको लागि ‘जवान सँग जेरी’ कार्यक्रम गरिएको प्रमुख अधिकारीले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस