काठमाडौं, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले जापान र अस्ट्रेलियाको बोर्डर खुलेसँगै नेपाली विद्यार्थी अध्ययनका लागि जान पाउने जनाएको छ।
इक्यानले सीमा बन्द हुँदा अस्ट्रेलिया र जापानका विश्वविद्यालयमा भर्ना भएर पनि भौतिक रुपमा पढ्न जान नपाएका विद्यार्थी सीमा खुलेसँगै जान पाउने भएको जनाएको हो।
जापान सरकारले गत Nov – 08, 2021 देखि नै विदेशीको लागि पर्यटक भिसा बाहेक अन्य भिसाको निमित्त बोर्डर खुल्ला गरि भिसा प्रकृया आरम्भ गरिसकेको छ । विदेशी विद्यार्थी लगायत अन्य वर्गका यात्रुहरुलाई आवागमन खुल्ला गर्ने निर्णय गरेको खवरले नेपाली विद्यार्थी र अभिभावक सामु देखा परेको अन्यौलताको अवस्थाको अन्त्य भएको छ । अब जापान तथा अष्ट्रेलीया जाने विद्यार्थीहरुले नियमित प्रकृयाबाट विगतमा झैं यात्रा गर्न सक्नेछन् ।
नेपाल शैक्षिक परामर्श संघ ECAN को तर्फबाट हामी सम्वन्धित सम्पुर्ण अभिभावक तथा विद्यार्थी वर्गमा आवागमन खुल्ला गरिएका मुलुकहरुको भिसा प्रकृया तथा यात्राको तयारीलाई सहज एवम् व्यवस्थित बनाउने सन्दर्भमा हालसम्म गरिएका पहलकदमीहरु सँगै आगामी दिनमा देखा पर्ने चुनौतीका सन्दर्भमा जानकारी जानकारि गराउन चहान्छौ ।
जापान सरकारले २०२० को डिसेम्बरदेखि विद्यार्थी भिसामा जापानमा उच्च शिक्षा अध्ययनमा जाने विद्यार्थीको लागि प्रवेशमा रोक लगाईएकोमा मिति २०२१ नोभेम्वर ०८ वाट प्रवेशको लागि अनुमति दिने निर्णय गरेको छ । जसबाट २०२० मा COE प्राप्त गरि Tuition Fee लगायतका शुल्क तिरेर बसेका विद्यार्थीमा सहजता हुने अपेक्षा छ । जापान सरकारले २०२० को अप्रिल देखि २०२१ को अप्रिल सम्मका विद्यार्थीलाई २०२१ को नोभेम्वर, डिसेम्वर र जनवरी गरी तिन महिनामा प्रवेशको अनुमती दिने र २०२१ को अप्रिल, जुलाई र अक्टोवरका विद्यार्थीलाई जनवरी पछि सुचना जारि गर्ने जनाएको छ ।
१. २०२० जनवरी ०१ देखि २०२० मार्च ३१ सम्म COE प्राप्त विद्यार्थीले नोभेम्वर २०२१ मा प्रवेश पाउने ।
२. २०२० जनवरी ०१ देखि २०२० सेप्टेम्वर ३० सम्मका COE प्राप्त विद्यार्थीले डिसेमम्वर २०२१ मा प्रवेश पाउने ।
३. २०२० जनवरी ०१ देखि २०२१ मार्च ३१ सम्म COE प्राप्त विद्यार्थीले जनवरी २०२२ मा प्रवेश पाउने ।
सोहि अनुसार नेपालबाट जापानिज दुतावासमा भिसा आवेदन गरि भिसा प्राप्त गर्न सक्ने जनाईएको छ । नेपालमा भिसा आवेदन पुर्व विद्यार्थीले आफुले अध्ययन गर्न जान चाहेको कलेज, स्कुलवाट माग गरिएको कागजपत्र पेश गरि जापानको शिक्षा मन्त्रालयवाट प्रदान गर्ने Certificate या Examination -Screening Certificate_ लिनु पर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । Screening Certificate प्राप्त विद्यार्थीले मात्र भिसा आवेदन गर्न सक्नेछन । साथै नेपालमा अवस्थित जापानिज दुतावासले भिसा आवेदन प्रत्यक्ष रुपमा नलिने नयाँ नियम शुरु गरेको छ र सम्पुर्ण भिसा आवेदन नेपाल अवस्थित VFS Global Nepal बाट लिने जनाएको छ । यो व्यवस्थाले विद्यार्थीले आफ्नो अनुकुल समयमा भिसा आवेदन दिन सक्ने अनुमान गरिएकोमा सो विपरित VFS Global ले जापान सरकारले जारि गरिएको सुचना विपरित कुनै निश्चित मापदण्डमा नरहि अव्यवहारीक तवरले भिसा आवेदनको Booking लिईरहेको छ । जसवाट २०२० मा Fee जापान पठाई जापान जान प्रतिक्षारत विद्यार्थीहरुले Screening Certificate प्राप्त गरेता पनि सहजै भिसा आवेदनको लागि VFS बाट समय प्राप्त गर्ने अवस्था देखिदैन । २०२० का विद्यार्थीलाई प्राथमिकतामा राखि सुचना निकालेको जापान सरकारले VFS Nepal लाई भने सोहि अनुसार निर्देशन नदिएकोले विद्यार्थीहरु मार्कामा परेका छन ।
नेपाल शैक्षिक परामर्श संघ (ECAN) सम्वन्धित विद्यार्थी तथा अभिभावक एवम सवै सदस्य संस्थाहरुलाई अनावश्यक दवाव तथा आर्थिक भार नपर्ने गरि VFS Appointment तथा हवाई टिकट व्यवस्थापनको कार्यमा सहजीकरण गर्न तथा कुनै खास समस्या उत्पन्न भएमा तत्काल नेपाल शैक्षिक परामर्श संघ (ECAN) केन्द्रिय कार्यलयलाई सुचना गर्न समेत अनुरोध गर्दछौ ।
यस्तै सन् २०२० जनवरीदेखि २०२१ मार्च सम्म सिओई प्राप्त विद्यार्थीलाई सन् २०२२ मा जापानमा प्रवेश दिने जनाएको छ। अस्ट्रेलिया अध्ययनका लागि जान चाहने विद्यार्थीले भ्याक्सिन लगाएको हुनुपर्ने, यात्रा गर्न चहने व्यक्तीको भिसा सबक्लासेस अन्तर्गत योग्यता पुगेको भ्यालिड भिसा हुनुपर्ने, यात्रुले कोभिडविरुद्धको खोप लगाएको प्रमाण पेश गर्नुपर्ने, यात्रुहरुले प्रस्थान गरेको तीन दिनभित्रमा कोभिड परीक्षण गरी पोजेटिभ वा नेगेटिभ आएको रिपोर्ट पेशा गर्नुपर्ने, पोजेटिभ आएमा अस्ट्रेलियाको केन्द्र तथा राज्य सरकारले निर्धारण गरेका क्वारेन्टिनमा बस्नुपर्ने जनाइएको छ। विद्याथीहरुलाई हवाई टिकटमा समस्या भएमा ईक्यानले सहजीकरण गर्ने जनाएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस