काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीमा यौनधन्दा चलाएको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएकी सीता बुढाथोकी रहेकी छन् ।
सोमबार केन्द्रीय अनुसन्धान ब्यूरोले माइती नेपालसँगको समन्वयमा जबरजस्ती यौन धन्दामा लगाइएका ५ जना किशोरीको समेत उद्दार गरेको छ ।
बुढाथोकीले मुलपानीको तिवारी टोलमा रहेको आफ्नै घरमा १५ देखी १७ वर्षका किशोरीहरुलाई ग्राहक बोलाएर यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
ती किशोरीहरुलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोले आरोपीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागी महानगरीय प्रहरी वृत्त बौद्धमा पठाएको छ । भने उनिमाथि मानव बेचबिखन मुद्दामा अनुसन्धान शुरु गरिएको बताइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस