• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Wed, 12, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

सन्दर्भ विश्व मुटु दिवस : गाउँ पस्यो मुटुरोग

September 29, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
सन्दर्भ विश्व मुटु दिवस : गाउँ पस्यो मुटुरोग


Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

सहरियामा बढी देखिने गरेको मुटुरोग शहरीकरणसँगै गाउँमा भित्रिएको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँगाउँमा देखिन थालेको विज्ञहरूले बताएका छन् ।

मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मी यातयात सञ्जाल पुगेका ठाउँमा तयारी खानेकुरा, धुमपान, मध्यपानजस्ता चिजले जीवनशैली बिगारेको बताउँछन् । उनले भने, “चाउचाउ, कोकाकोला, दालमोठजस्ता तयारी खानाले पहाडी क्षेत्रमा पनि जीवनशैली बिगारेको छ, जसले मुटुरोग निम्त्याइरहेको छ ।” सहरियाहरूले स्वास्थ्यप्रति ध्यान दिन थालेकाले सहरमा समय–समयमा परीक्षण गर्ने प्रचलन बढेको छ । गाउँमा यसप्रति कसैको ध्यान छैन ।

स्थानीय तहमा उत्पादन भएका न्यून गुणस्तरका मदिरा सेवन गर्ने, तयारी खाना खाने, व्यायाम नगर्ने, धुमपान र सुर्तीजन्य पदार्थको सेवनले गर्दा ग्रामीण क्षेत्रका युवामा मुटुरोगको समस्या बढ्दै गएको नेपाल हर्ट फाउण्डेशनका पूर्वअध्यक्षसमेत रहेका रेग्मीको भनाइ छ । सहरमा नियमित स्वास्थ्य परीक्षणसँगै व्यायाम गर्ने क्रम बढेको उनी बताउँछन् । मुटुरोगको खासै लक्षण नहुने हुँदा नियमित स्वास्थ्य परीक्षण आवश्यक हुने उनी बताउँछन् ।

“पहिले–पहिले पहाडका मानिस लामो बाटो हिँड्नुपर्ने, कडा मेहनत गर्नुपर्ने भए पनि आजभोलि गाउँगाउँमा ट्रयाक्टर, मोटरसाइकल, गाडीको सुविधा हुँदा शारीरिक परिश्रम घटेको छ”, उनले भने, “युवा वर्ग काम गर्दैनन्, विषादी भएका तरकारी फलफूल प्रयोग गर्छन् ।” ग्रामीण क्षेत्रमा समस्या आइसकेपछि मात्रै उपचारको खोजी गरिँदा त्यतिञ्जेल ढिलो भइसकेको हुने उनी बताउँछन् ।

मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिल ग्रामीण क्षेत्रबाट पनि बिरामी आउने गरेको बताउँछन् । अन्य कारणसँगै आवेगमा आउने कारणले मुटुको समस्या देखिने गरेको उनको भनाइ छ । उनले भने, “कुनै पनि जोखिम नदेखिएका व्यक्तिमा पनि रिसका कारण हृदयघात भएर मृत्यु हुने गरेको छ”, उनले भने, “रिसाहा व्यक्तिलाई मुटुको धड्कन, रक्तसञ्चार र क्लटिङ टेन्डेन्सीमा असर गर्छ ।” रिसाहा व्यक्तिलाई धेरै समस्या आउने जनाउँदै उनले यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।

सकारात्मक सोच राख्नु मुटुका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले भने “नकारात्मक कुरा दिमागमा हाबी हुँदा हाम्रो शरीरमा त्यसले विभिन्न किसिमका हर्मोन उत्पादन गर्छ, त्यसले रक्तसञ्चार प्रणालीमा असर गर्दछ ।” चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा.शङ्कर लौडारी प्रत्येक वर्ष विश्वमा १७.९ मिलियन मानिसले मुटुका कारण ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क रहेको बताउँछन् । विश्वमा नसर्ने रोगका कारण मृत्यु हुनेमध्ये ३२ प्रतिशत मुटुरोगका कारण मृत्यु हुने गर्दछ । मुटुरोगका कारण मृत्यु हुनेमा ८५ प्रतिशत हृदयाघात हो । अन्य मुटुको बाथ, हट्फेलर पर्दछन् ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क उद्धृत गर्दै उनले भने, “मुटुरोगीमध्ये ७५ प्रतिशत गरिब र निम्न मध्यम आय भएका नागरिक पर्दछन् ।” विश्वमा सबैभन्दा बढी प्रभावित हुने देशमा क्रमशः चीन, भारत, रसिया र अमेरिका पर्दछन् । सन् १९९० मा २५० मिलियनमा देखिएको यो समस्या सन् २०२१ सम्म आउँदा ५२३ मिलियनममा पुगेको छ ।

नेपालमा नसर्ने रोगका बिरामीमध्ये २७ प्रतिशत मुटुका हुने गर्दछन् । लौडारीको भनाइमा मुटुरोगीमध्ये १२ प्रतिशतले रोगकै कारण रोजगारी गुमाउने गरेका छन् । नेपालमा एक लाख जनसङ्ख्यामा ५६९ पुरुष र ४७९ महिला प्रभावित भएको तथ्याङ्क रहेको उनले बताए । मुटुरोगका कारण पुरुष बढी प्रभावित हुने गरेका छन् । लौडारीका अनुसार मुटुरोगीमध्ये १६ प्रतिशतलाई हृदयघात, छ देखि १० प्रतिशतलाई मुटुको बाथरोग हुने गरेको छ । यस्तै चारदेखि १० प्रतिशत धडकनसम्बन्धी र चारदेखि सात प्रतिशतलाई मुटुको जन्मजात रोग हुने गर्दछ ।

मुटुरोगको प्रमुख कारणमा २५ देखि ४० प्रतिशतमा उच्च रक्तचाप, छ देखि १० प्रतिशतमा मधुमेह, २० प्रतिशतमा खराब एलडिएल कोलस्ट्रोल, २० देखि २५ प्रतिशत धुमपान, १५ देखि २० प्रतिशत मोटोपन रहेको छ । दक्षिण एशियामा मुटुरोगको समस्या धेरै भएका देशमा नेपाल तेस्रो हो ।

उनले खानपान र जीवनशैलीमा परिवर्तन गर्न सके धेरैजसो मुटुरोगबाट बच्न सकिने बताए । उनका अनुसार शरीरको तौल नियन्त्रण गर्ने, नियमित व्यायाम गर्ने, तारेको भुटेको खानेकुरा सकेसम्म नखाने, कार्बोहाइड्रेट बढी हुने भात, आलु गुलियो पदार्थ कम खान सुझाव दिए । यसैगरी मधुमेह र कोलस्ट्रोललाई नियन्त्रण गर्नुपर्ने उल्लेख गर्दै उनले भने, “चिल्लो र बोसोजन्य खाना अनि मासु कम खानुपर्छ ।” उनले समयमै सुत्न, विषादिरहित फलफूल र तरकारी खान तथा धुमपान र मद्यपान नगर्न सुझाव दिए । अस्पतालमा पछिल्ला वर्षमा ग्रामीण क्षेत्रबाट मुटुका बिरामी आउन थालेको उनको भनाइ छ ।

विज्ञका अनुसार छातीको बीचको भाग दुख्नु, दम बढ्नु, खुट्टा सुनिनु, घाँटीको रक्तनली फुल्नु, ओठ, जिब्रो र औँलाका टुप्पा निलो हुनु, औँलाका टुप्पा बाक्ला, चाक्ला हुनु, टाउको दुख्ने समस्या देखिएमा मुटुरोग लक्षण हुन् सक्छन् । यस्तै मुटुको धड्कन रोकिने वा छिटो चल्ने, कफमा रगत देखापर्ने, जोर्नी दुख्ने, सुन्निने र ज्वरो आउने हुने गर्दछ । हातखुट्टा ओठ आदि झट्का दिँदै अनियन्त्रित रूपमा चल्नु र छातीमा हात राख्दा धर्केको महसुस हुने भएमा मुटुरोग लागेको हुनसक्ने विज्ञहरूको भनाइ छ ।

  • ##heart

बाट थप

  • कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थितिकुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति
  • इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइतेइच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते
  • यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कमयस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम
  • आज मिति २०८२ साल कार्तिक २६ गते बुधबारआज मिति २०८२ साल कार्तिक २६ गते बुधबार
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    समाचार
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑