• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Wed, 12, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

गोरे काइला अर्थात् सूर्यबहादुर थापा कहिले बने कांग्रेस, छोराको यस्तो छ भ्रमको खेती ?

July 4, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ३ मिनेट
गोरे काइला अर्थात् सूर्यबहादुर थापा कहिले बने कांग्रेस, छोराको यस्तो छ भ्रमको खेती ?

राजनीतिक सम्बनध नजोडिए पनि धनकुटाका पिता भनेर चिनिएका सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाले यसरी सूर्यबहादुर थापाको नेपाली कांग्रेससँग साइनो जोड्न खोज्नु कपोलकल्पित कुरा मात्र हो


Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

धनकुटा । २०७७ साल साउन १३ गते उनी कांग्रेस प्रवेश गरेका दिन सुनीलबहादुर थापाले ‘म फेरि नेपाली कांग्रेससँग टुटेको नाता जोड्न आएको छु’ भनेका थिए ।

उनले त्यो बेला कांग्रेसका नेताहरुलाई भनेअनुसार सूर्यबहादुर थापाले पनि कांग्रेसबाटै राजनीति सुरु गरेका थिए । २००८ मा सूर्यबहादुर नेपाली कांग्रेसको विराटनगर जिल्ला कोषाध्यक्ष बनेका थिए । त्यसपछि धनकुटाको प्रथम सभापति बनेका थिए ।

तर, वास्तविकता भने त्यस्तो थिएन र होइन । अहिले राप्रपा त्याग गरेर कांग्रेस प्रवेश गरेका सुनीलबहादुर थापाका यी भनाईदेखि जिल्लाबासी वाक्क भएका छन् । त्यति मात्रै होइन, कांग्रेस कार्यकर्ताहरु पनि अलपलमै परेका छन् ।

वास्तवमा सूर्यबहादुर थापाबारे उनकै छोरा सुनीलले कपोलकल्पित र भ्रमको खेती गरिरहेको तथ्यहरु सार्वजनिक भएका छन् । उनले कांग्रेसमा प्रवेश गर्न र कांग्रेसका नेताहरुको मन जित्नका लागि आफ्ना पिता पहिलो कांग्रेसको धनकुटाको जिल्ला सभापति बनेको भ्रम फैल्याइरहेका छन् ।

सुनीलबहादुर थापाले आफ्ना पिता नेपाली कांग्रेस धनकुटाको जिल्ला सभापति बनेको बताउन थालेपछि आखिर कहिले बने धनकुटाको सभापति भनेर खोजविन हुन थालेको छ ।

धनकुटामा २००६ सालमा डगलसेन लिम्बु नेपाली कांग्रेसका सेनानी थिए । उनी २०१० मा धनकुटामा नेपाली कांग्रेसको सभापति बनेको रेकर्ड छ । तर, थापा कहिले सभापति बनेका थिए ? यसको रेकर्ड न नेपाली कांग्रेस धनकुटामा भेटिन्छ, न त केन्द्रिय कार्यालय मै ।

‘सुनीलबहादुर थापाको मुखबाट मात्रै सूर्यबहादुर थापा धनकुटाको सभापति बनेको सुन्दै आएका छौं’ नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई भन्छन्, ‘अहिलेसम्म कुनै प्रमाण भेटेका छैनौं । हामी खोजी गर्दै छौं । तर अहिलेसम्म सानेपामा पनि धनकुटामा सूर्यबहादुर थापा सभापति बनेको रेकर्ड नै भेटिएको छैन ।’

यस्तो छ थापाको इतिहास
सूर्यबहादुर थापोको जन्म धनकुटाको तत्कालीन मुगा –४ मा विसं. १९८४ मा भएको थियो । उनको प्राथमिक पठनपाठन भने मुगा कै संस्कृत पाठशालामा भएको पाइन्छ । जुन बेला मुगामा तत्कालीन पुर्वाञ्चलकै सबैभन्दा राम्रो संस्कृत विद्यालय थियो ।

सूर्यबहादुर थापाका हजरवुवा कप्तान नसिपसिंह थापा परिवारको राणा खानदानसँग राम्रै सम्बन्ध थियो । त्यही भएर पनि उनीहरुको जुद्ध शमशेरसँग आवत जावत हुने गरेको थियो । जुद्ध शमशेरका भित्रिनी पट्टीका छोरा ध्रुव शमशेरले सूर्यबहादुरलाई सुन्दर देखेर काठमाडौंमा लगेर आफ्नो जेठो छोरा भैरव शम्शेरसँगै पढाउन थाले । त्यो बेला सूर्यबहादुर र ध्रुव समशेर बग्गीमा चढेर सँगै पद्मोदय हाइस्कुल जान्थे । पद्मोदय हाइस्कुलबाट विसं. २००२ सालतिर प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए ।

उनै ध्रुव शमशेरले गोरे थापा अर्थात् सूर्यबहादुरलाई आइए र विए पढ्न भारतको इलाहवाद पठाए । थापाले त्यहीबाट इतिहासमा विए पास गरेका थिए । सूर्यबहादुरको पढाइ उत्कृष्ट प्रकारको नभएको कारण उनलाई पढाइ पूरा गर्न धेरै समय लाग्यो ।

थापा लोकसेवा दिएर जागिर खाने धुनमा थिए । काठमाडौंको बटु टोलमा बसेर ३ पटकसम्म लोक सेवा दिए । तर उत्तीर्ण हुन सकेनन् । त्यसपछि थापा जुद्ध शमशेरकै छोरामार्फत विसं २००९ सालमा नेपाली कांग्रेस (शाह गुट) मा देखापरेको पाइन्छ ।

थापा खासगरी जुद्ध शमशेरका छोरा कै कारण तराईमा खोरिया फडानीमा लागेर बसेको खोजकर्ता ठाकुर बरालले आफ्नो पुस्तकमा समेत उल्लेख गरेका छन् ।

विसं. २०१३ सालमा राजा महेन्द्र धनकुटाको पाख्रिबासमा आउँदा थापा स्वागत सत्कारमा लागेका थिए । त्यहीबेला बाधको बच्चा राजा महेन्द्रलाई उपहार दिएपछि महेन्द्रसँग निकटता कायम भएको राजा महेन्द्रले नै ‘तिमी जस्तो योग्य मान्छे यहाँ बस्नु हुँदैन, काठमाडौं आउ’ भनेका थिए । त्यसको करिव ५ महिनापछि सूर्यबहादुर काठमाडौं गएका थिए ।

त्यसपछि थापा दरवारीय भए । उनी २०१५ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन क्षेत्र नं. २२ बाट चुनावमा उठे । त्यो बेला नेपाली कांग्रेसका तर्फबाट संखुवासभा मादीका लीलानाथ दाहालसँग पराजित भएका थिए ।

त्यसवेला धनकुटा विभिन्न ६ वटा निर्वाचन क्षेत्रमा बाढिएको थियो । उनको चुनाव चिन्ह घोडा थियो । उनी पराजित भए पनि त्यसै बखत राजाले सल्लाहकार सभामा मनोनित गरेका थिए भने पछि महासभाको अध्यक्षमा निर्वाचित भएका थिए ।

‘यस क्षेत्रका रामकृष्ण श्रेष्ठ, लीलानाथ दाहाल जस्ता दिग्गजहरू हुँदाहुदै सूर्यबहादुर थापा धनकुटाको सभापति थिए भन्ने कुरा कसले पत्याउँछ र ?’ खोजकर्ता बराल भन्छन्, ‘यो अरु कसैले नभने पनि छोराले आफु कांग्रेसमा लोकप्रिय बनुँला र टिक्न सजिलो होस् भनेर भ्रामक कुरा गरिरहेका छन् । कांग्रेससँग सम्बन्धै नभएको मान्छे नेपाली कांग्रेसको विराटनगरमा कोषाध्यक्ष र धनकुटाको प्रथम सभापति हुने कुरै सत्य होइन ।’

कहीँकतै राजनीतिक सम्बनध नजोडिए पनि धनकुटाका पिता भनेर चिनिएका सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाले यसरी सूर्यबहादुर थापाको नेपाली कांग्रेससँग साइनो जोड्न खोज्नु कपोलकल्पित कुरा मात्र हो ।

  • ##नेपाली कांग्रेस

बाट थप

  • कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थितिकुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति
  • इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइतेइच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते
  • यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कमयस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम
  • आज मिति २०८२ साल कार्तिक २६ गते बुधबारआज मिति २०८२ साल कार्तिक २६ गते बुधबार
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    समाचार
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑