माघ , राप्ती, चितवन । राप्ती नगरपालिका का अधिकांश गाईमा बाँझोपनको समस्या देखिएको छ । सोमबार आयोजना गरिएको पशु स्वास्थ्य शिविरमा परीक्षण गराएका मध्ये प्रायः सबै गाईमा बाँझोपनको समस्या देखिएको हो ।
शहीद बलराम दुग्ध उत्पादक सहकारी संस्थाको आयोजना तथा राप्ती नगरपालिका पशुपक्षी विकास शाखा र नेपाल भेटेरिनरी स्टुडेन्ट्स एसोसियसन को संयोजनमा वडाको डुडगाउँमा शिविर भएको हो ।
शिविरमा कुल २५० वटा पशुहरुको जाँच गरिएको शहीद बलराम दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष छविलाल भूषालले जानकारी दिए । त्यसमध्ये गाई १५० वटा, भैँसी २५ वटा, बाच्छी २० वटा, बाख्रा ४० वटा, पाडी १० वटा र कुकुर ५ वटाको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण गराएका मध्ये अधिकांश गाईमा बाँझोपनको समस्या देखिएको संस्थाका अध्यक्ष भूषालले बताए ।
त्यस्तै छालासम्बन्धी रोग पनि देखिएको छ । सो शिविरमा गाईभैँसीको गोबरसमेत परीक्षण गरिएको थियो । परीक्षणका क्रममा करिव ९० प्रतिशत गाईभैँसीमा नाम्ले जुकाको समस्या देखिएको सहकारीका अध्यक्ष भूषालले बताए ।
राप्ती नगरपालिका पशुपक्षी शाखा प्रमुख पशु चिकित्सक शैलेन्द्र भण्डारीले आवश्यक आहार नहुनु र सफासुग्गर नहुँदा गाईभँैसीमा बाँझोपन, छालाको रोग देखिने गरेको बताए । सो शिविरमा प्राध्यापक डाक्टर किशोर शाह, डाक्टर एगेन्द्रकुमार श्रेष्ठ, डाक्टर टीकाराम न्यौपाने लगायत को टोलीले पशुहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस