अविशेक काप्री नवलपरासी, सम्बादाता
माघ, नवलपरासी । नवलपरासीको गैँडाकोटमा ईन्द्रादीप योगा एण्ड जुम्बा योग साधना केन्द्र सञ्चालनमा आएको छ । गैडाकोट नगरपालिका वडा नं. ५ कांग्रेसचोकमा माघ १ गतेदेखि “इन्द्रादीप योगा एण्ड जुम्बा स्टुडियो” सञ्चालनमा आएको सञ्चालक इन्दु घिमिरेले जानकारी दिनुभयो ।
योग दिवसको अवसर पारेर गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै पौडेलले स्वस्थ्य नै सबैभन्दा ठूलो धन भएकाले हरेक व्यक्ति स्वस्थ्य रहन योग गर्न आवश्यक भएको बताउनुभयो ।
पछिल्लो समय मानिसहरुमा बढदै गएको अल्छीपना हटाउदै योग मार्फत निरोगी गराउने र नगरभित्रका नागरिकहरुलाई स्वस्थ बनाउने मुल अभियानका साथ स्टुडियो सञ्चालनमा ल्याएको सञ्चालक ईन्दु घिमिरेले बताउनुभयो “इन्द्रादीप योगा एण्ड जुम्बा स्टुडियोले सेवा योगा, योगानृत्य ध्यानका साथै बालबालिका तथा बृद्धबृद्धाको प्रेसर, थाइराइड जस्ता रोगलाई मध्यनजर राख्दै ८ बर्षदेखि १५ बर्षसम्मका बालबालिकाका लागि पनि विशेष कक्षाको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
विहान र साँझ २ चरणका योगाका प्रयोगात्मक कक्षाहरु सञ्चालन हुनेछन । यहि माघ ७ गतेभित्र योगाा एण्ड जुम्बामा सहभागि हुनेहरुलाई बिशेष छुटको समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस