
भदौ, चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका ३ कर्मचारीलाई कोराना संक्रमण पुष्टि भएको छ । आइतबार १ जना र सोमबार २ जनामा संक्रमण पुष्टी भएको हो । वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोका अनुसार वितरण केन्द्रका १० कर्मचारीको पिसिआर परीक्षण गरिएको थियो ।
संक्रमित कर्मचारी मध्ये २ जना फिल्ड प्राविधिक हुन भने एक सवारी चालक हुन् । यी मध्ये २ जना क्वाटरमा बस्दै आएका थिए । संक्रमितहरु ३०, ३६ र ४८ वर्षका पुरुष छन् । उनीहरु हाल होमआइसोलेसनमा छन् । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपनि कार्यालयले सेवा भने रोकेको छैन ।
प्रमुख महतोले अत्यावश्यक सेवा सञ्चालनमै रहेको बताउनुभयो । “संक्रमित कर्मचारी होमआइसोलेसनमा छन्”, उहाँले भन्नुभयो, “अत्यावश्यक सेवाका काम रोकिएका छैनन् ।”
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस