
जेठ , चितवन। रत्ननगर पूर्व अर्थमन्त्री तथा चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डेले रत्ननगर नगरपालिकाको राहत कोषमा खाद्यान्न सामाग्री प्रदान गरेका छन ।
पाण्डेले ५० क्वीन्टल चामल सहयोग गरेका हुन । कोरोना नियन्त्रणको लागि गरिएको लकडाउनका कारण समस्यामा परेका अति विपन्न परिवारलाई वितरण गर्ने गरी पाण्डेले १० किलोका ५०० पोका चामल प्रदान गरेका हुन ।
नेता पाण्डेले पठाएको चामल नेकपा चितवनका जिल्ला इन्चार्ज तथा प्रदेश सांसद कृष्णप्रसाद खनाल र नेकपाका नगर अध्यक्ष कुलप्रसाद लामिछानेले नगरपालिकालाई हस्तान्तरण गरेका थिए ।
ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका घरपरिवारलाई वितरण गर्ने गरी पूर्व अर्थमन्त्री समेत रहनु भएका साँसद सुरेन्द्र पाण्डेले पठाएको चामल नगरपालिकालाई हस्तान्तरण गरिएको नगर अध्यक्ष लामिछानेले बताए । यस अघि पनि नेता पाण्डेले दुई पटक रत्ननगर नगरपालिकाको राहत कोषमा राहत सामाग्री प्रदान गरेका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस