चितवन : कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा आइसोलेसनमा उपचाररत ६० वर्षीया महिलाको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका–१२, खैरनीकी उमादेवी विकको उपचारको क्रममा मंगलबार राति ९ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले हाम्रो डक्टर न्युजलाई जानकारी दिएको छ । उनी मंगलवार नै दिउँसो करिब ३ बजेतिर अस्पताल भर्ना भएकी अस्पतालले जनाएको छ । उनमा ज्वरो, स्वासप्रश्वास र उच्च रक्तचाप लगायतको समस्या रहेको अस्पतालले जनाएको छ । उनको मृत्यु भएसँगै शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको छ भने उनको स्वाब संकलन गरि कोरोना परीक्षणका लागि पठाइएको छ । महिलाको मृत्युबारे अस्पतालको आधिकारिक धारणा अहिलेसम्म सार्वजनिक गरिएको छैन ।@हाम्रो डाक्टर
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस