चितवन । नारायणगढको शहीद चोकमा रहेको चितवन हिमाल डेन्टल प्रा.लीको सेवाको २० औं बार्षिकोत्सवको अवसरमा आयोजित शिविरमा एकजार चारसय जनाले सेवा लिएका छन ।
डेन्टलले सेवाको २० औं बर्ष पार गरी २१ औं बर्ष प्रवेश गरेको अवसरमा यही आउंँदो पुष १ गतेदेखि पुष १५ गतेसम्म निःशुल्क दन्त परिक्षण शिविर आयोजना गरेको थियो । नारायणगढको शहीदचोक र भरतपुरस्थित चितवन मेडिकल कलेज अगाडि सञ्चालित शिविरमा सेवा लिएका मध्ये एकजार दुईसयले थप उपचार सुविधा लिनुपर्ने र अन्य विरामीले सामान्य दन्त परिक्षण सेवा लिएको डेन्टलका सञ्चालक जयराम जोशीले जानकारी दिनुभयो ।
परिक्षण लिन आउने मध्ये अधिकांशको दांँत किराले खाएको, दांँत भर्नुपर्ने समस्या र गिजाको समस्या रहेको उहांँले बताउनु भयो । कतिपय विरामीको परिक्षण र परामर्श पश्चात नियमित उपचार समेत शुरु गरिएको उहांँले जानकारी दिनुभयो ।
बार्षिकोत्सवको अवसरमा डेन्टलले रोगको परीक्षण निःशुल्क र उपचारमा ३० प्रतिशत छुट सुविधा दिएको थियो । शिविरमा दक्ष चिकित्सक, नर्स, प्राविधिक सहितको टोलीले परीक्षण, परामर्श उपचार गर्नुभएको थियो । दन्त उपचारमा पहुंँच र सचेतना पुर्याउने उद्धेश्य सहित बार्षिकोत्सवको अवसरमा शिविर सञ्चालन गरिएको जोशीले बताउनु भयो । शिविरमा उल्लेखनीय सहभागिता रहेको र सेवाग्राहीले लाभ लिएका छन । आगामी दिनहरुमा पनि यस्तै निःशुल्क शिविरलाई निरन्तरता दिईने जोशीको भनाई छ ।
चितवन हिमाल डेन्टलमा दांँत सम्बन्धी यहाँ निःशुल्क दन्त परिक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ट अर्थोडेण्टिष्टद्वारा मिलाइने, गिजा सुनिने, श्वास गन्हाउने, गिजाबाट रगत आउने तथा पुरानोभन्दा पुरानो दन्तहर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा, सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नुपर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार, दाँतमा हिरा राख्ने, दाँतको अत्यधुनिक कम्प्युटर प्रविधिबाट एक्स–रे सहितको सेवा दिंँदै आएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस