काठमाडौं : गायक आयुष्मान विष्टले आफ्नो नयाँ सांगीतिक कोसेली ‘के यो माया हो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । रोमान्टिक भर्सनको यस गीतमा सिद्धान्त खड्काको शब्द तथा संगीत रहेको छ।
युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा गायक विष्ट र शिल्पा थापाको अभिनय रहेको छ। श्रीजन रावलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। विकास दाहालले भिडियोको सम्पादन गरेका हुन् । पुष्पान्जली थापा विष्ट निर्मात्री रहेको भिडियोलाई अनुप चापागाईँको निर्देशनमा तयार पारिएको हो।
वरिष्ठ गायक स्वर्गीय जगतमर्दन थापाका नाति गायक बिष्टले ‘मेरो कलिलो मन’ बोलको गीतबाट आफ्नो संगीतको यात्रालाई औपचारिकता दिएका थिए। वरिष्ठ गायक जगतमर्दन थापाको ‘माया लुकाइ लुक्दैन’ एल्बमको बिमोचन कार्यक्रममा गायक तथा गितारिस्टको रूपमा प्रस्तुत भएका उनले गोपाल योन्जनको ७४औँ जन्मजयन्तीको अवसरमा विसं २०७३सालमा ‘बनेको छ पहराले यो छाती मेरो’ बोलको गीतमा उत्कृष्ट प्रस्तुति दिएका थिए।
२०७४ सालको कार्यक्रममा चेतन कार्कीको ‘कान्छी हे कान्छी’ गीतमा वान्स मोर प्रस्तुति दिएर उनले दर्शकस्रोताको मन जितेका थिए। गायक जगतमर्दन थापाको ‘म मक्किएको धुरी खाँबो’ गीति एल्बमको विमोचन कार्यक्रममा गायन तथा गितारिस्टको रुपमा उनको प्रस्तुति प्रशंसनीय रहेको थियो । यसअघि गायक बिष्टको ‘पोखरेली नानी’ दर्शक स्रोतामाझ लोकप्रिय भइसकेको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस