चितवन, पछिल्लो दुई दशकदेखि नेपालमा एजुकेशन कन्सल्टेन्सीको व्यवसाय निकै फस्टाएको छ । शुरुका बर्षमा राजधानीमा मात्र केन्द्रित एजुकेशन कन्सल्टेन्सी अहिले अन्य शहर हुँदै देशभर फैलिएका छन् र फैलने क्रम अझै जारी छ।
नेपाल मा बेरोजगारी बढेसगै विदेशको शिक्षा पनि हुने र रोजगारी पनि हुने भन्दै नेपाली विद्यार्थी विदेशका कलेज, विश्वविद्यालयमा पढ्न जाने क्रम मात्रै बढेको छैन, नेपालमा एजुकेशन कन्सल्टेन्सी पनि बढेको छ । नेपालमा एजुकेशन कन्सल्टेन्सी बढे सगै नेपालमा एजुकेशन कन्सल्टेन्सीको क्षेत्र मा प्रतिस्पर्दा पनि उतिनै बढेर गयको छ ।
नेपालमा एजुकेशन कन्सल्टेन्सी मा प्रतिस्पर्दा बढे सगै नेपालमा एजुकेशन कन्सल्टेन्सीले विद्यार्थीलाई सुबिधा पनि उपलब्ध पनि गराउदै आइरहेका छन् भने केहि एजुकेशन कन्सल्टेन्सीले विद्यार्थी लाई आफूतिर तान्ने नाममा कयौ झुटा प्रलोभन का बिज्ञापनमा आस्वासन जस्ता कुराहरु, निशुल्क, जापानी भाषा जापानिज द्वारा, जापान सित्तैमा अप्प्लाई, देखी १००% छात्रवृत्ति सम्म देखायार विद्यार्थी लाई सुरुमा आफूतिर आकर्षण गर्ने र अन्तिमा अप्लाई गर्ने समयमा बिभिन्न कुरा को लागी भन्दै विद्यार्थी सग मोटो रकम असुल्ने गरेको समेत देखिन आयको छ ।
आखिर किन चितवनका जापान पठाउने एजुकेशन कन्सल्टेन्सीले यती सम्मान निच बिज्ञापन गरेर विद्यार्थी लाई झुक्काउछन् ! कसको आडमा यी एजुकेशन कन्सल्टेन्सीले विद्यार्थी लाई भ्रम छर्दै केहि राम्रो गरौ कसैलाई झुट नगरौ भन्ने एजुकेशन कन्सल्टेन्सी लाई पनि विद्यार्थी को नजरमा आफूजस्तै हो सबै एजुकेशन कन्सल्टेन्सीले फट्याई गर्छन भन्ने छाप पारेका छन् ।
चितवनमा रहेका केही जापनिज भाषा पढाउने कन्सल्टेनसीलेहरुले जापानिज द्वारा जापानिज भाषा भनेर विदेशी नागरिकले पढाउने भन्दै अनावश्यक प्रचार प्रसार गरी विद्यार्थीलाई ठग्ने काम गरिरहेका छन् । बिज्ञापन पनि यती सम्म गरेका छन् कि विद्यार्थीलाई साँच्चै यही नै एक मात्र होकी जापानिज द्वारा जापानिज भाषा पढाउने कन्सल्टेनसी भनेर भ्रममा पर्ने गरेका छन् । तर यहि कुरालाई लियर कन्सल्टेन्सी लाई जापानिज द्वारा जापानिज भाषा भनेर बिज्ञापन गर्नु भयको छ हैन तपाइको कन्सल्टेनसीमा जापानिज द्वारा नै जापानिज भाषा पढाउने भयर हो यती धेरै बिज्ञापन गर्नु भयको हो भन्ने प्रश्नमा जापानिज द्वारा जापानिज भाषा भनेर बिज्ञापन गर्ने कन्सल्टेन्सी सन्चालक नै भन्छन जापानिज टिचर भयर गरेको बिज्ञापन होइन, यो जापानिज द्वारा जापानिज भाषा भनेपछि विद्यार्थी लाई भ्रम छरेर आफ्नो आफ्नो ब्यबसाय बढाउन को लागी विद्यार्थी झुक्याउन गरेको बिज्ञापन मात्र हो यो।
हैन तपाइको कन्सल्टेनसीमा जापानिज द्वारा नै जापानिज भाषा पढाउने नभयर पनि गाऊ गाउका घरका भित्ता भित्तामा यती धेरै जापानिज द्वारा जापानिज भाषा भनेर बिज्ञापन किन गर्नु भयको हो भन्ने प्रश्नमा जापानिज द्वारा जापानिज भाषा भनेर बिज्ञापन गर्ने कन्सल्टेन्सी सन्चालक नै भन्छन अलि अलि बिज्ञापन गरेर त विद्यार्थीले कसरी पत्याउछन्। झुट कुरालाई हो जस्तो बनाउनलाई आफुलाई अरुभन्दा फरक देखाउनु पर्छ विद्यार्थीलाई साँच्चै चितवनमा यही नै एक मात्र होकी जापानिज द्वारा जापानिज भाषा पढाउने कन्सल्टेनसी भनेर भ्रममा परेर हाम्रो कन्सल्टेन्सीको कुरा झुट नै भयपनी साचो जस्तो पार्नलाई गरियको बिज्ञापन हो यो।
जापानिज टिचर भयर गरेको बिज्ञापन होइन, यो जापानिज द्वारा जापानिज भाषा भनेपछि विद्यार्थी लाई भ्रम छरेर आफ्नो आफ्नो ब्यबसाय बढाउन को लागी विद्यार्थी झुक्याउन गरेको बिज्ञापन मात्र हो यो। अनावश्यक विज्ञापन गरी विद्यार्थीमा भ्रम फैलाएर कमाउ धन्दामा लागेका छन् यस्ता झुट बिज्ञापन गर्ने चितवनका कन्सल्टेन्सी सन्चालक । योभन्दा पनि अझ जटिल विषय त हरेक चोकचोक र सडकका पोल, प्रतीक्षालय सबैतिर जापनिज भाषा जापनिजद्वारा नै भनी प्रचार प्रसार गरी विद्यार्थीलाई भ्रममा पार्ने काम गरेको छ । यस्ताझुट प्रचार गरिरहँदा पनि आधिकारिक निकायहरुले चितवनका कन्सल्टेन्सी सन्चालकलाई कुनै खवरदारी गर्न सकेका छैनन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस